के हो स्क्रब टाइपस रोग ? कसरी बच्ने ?

subas chandra aryal
सुभासचन्द्र अर्याल

पहिलोपटक सन १९३० मा जापानमा पहिचान गरिएको यो जिवाणुलाई पहिले जेनस रिकेटसिया बर्गमा राखिएको थियो । अहिले यहि जिवाणुलाई जेनस ओरेन्सियामा राखिएको छ ।

यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्दछ । यस जिवाणुले संक्रमित माइट – सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा आदिको टोकाइबाट सर्न सक्दछ ।

के हुन्छ ?

स्क्रब टाइपसको संक्रमण हुँदा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गर्दछ, सास फेर्न गाह्रो हुने, शरीर बाँउडिने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने पखला लाग्ने, जिउ दुख्ने , जोर्नी र मांशपेशीमा पिडा हुने, गर्दन, नितम्ब र पाखुरामा गाँठो देखिने, रगतमा प्लेटलेट्सको संख्या घटदै जाने, छाती पाखुरा, हात खुट्टामा गुलावी बिमिरा देखिने जस्ता लक्षण देखा पर्दछ ।

scrub-typhus-disis-358x300

उपचारमा ढिला भए के हुन्छ ?

यसको समयमै उपचार हुन नसके दीर्घकालसम्म सुन्ने क्षमता गुम्ने, रक्तचाप कम हुँदै जाने, मिर्गौलाले काम गर्न छाड्ने, शरीरको प्रतिरक्षात्मक क्ष्मता कमजोर हुँदा सामान्य जिवाणुले पनि सजिलै संक्रमण गर्ने जस्ता जटिलताहरु देखा पर्न सक्छन् । यस जीवाणुले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्छ ।

उपचारमा के कस्तो व्यवस्था छ ?

हालसम्म यस जिवाणुको बिरुद्धमा दिइने लाइसेन्सेड भ्याक्सिन बन्न सकेको छैन् । तर संक्रमण भएपछि डक्सिसाइक्लिन( १०० एमजी दिनको दुईपटक)टेट्रासाइक्लिन जस्ता एन्टिबायोटिकको मद्धतले चिकित्सकको सल्लाह बमोजिम सेवन गरि वा सलाइनको माध्यमले नशाबाट दिइ पूर्णरुपमा निको पार्न सकिन्छ ।

साथै एजिथ्रोमाइसिन, रिफामपिन आदि अतिरिक्त एन्टिबायोटिकको रुपमा प्रयोग गर्न सकिन्छ ।यस रोगको परीक्षण प्रयोगशालामा विभिन्न सेरोलोजिकल टेष्ट जस्तै Weil-Felix test,indirect immunofluorescence test,IFA test etc बाट पनि गर्न सकिन्छ ।

रोग लाग्नबाट जोगिन के गर्ने ?
यस जिवाणुबाट बच्नका लागि सुक्ष्मकिरा, सुल्सुले , उपियाँ, जुम्रा आदिबाट टाढा बस्ने, विरामीको सुरक्षित ढंगले हेरचाह गर्ने , बिरामीको सामानहरु जथाभावी नराख्ने र प्रयोग नगर्ने तथा सरसफाईमा राम्रो ध्यान दिने गर्नुपर्छ ।

#अर्याल गोल्डेनगेट इन्टरनेशनल कलेज काठमाडौँमा मेडिकल सुक्ष्मजीव विज्ञानमा एमएस्सी गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *