७५ प्रतिशत कामदारमा दीर्घकालिन रोगको समस्या

- नेपाली हेल्थ

respact

काठमाडौँ, १४ भदौ – नेपालमा व्यवसायजन्य (पेशागत) स्वास्थ्य र सुरक्षाका विषयमा चेतना नभएका कारण ७५ प्रतिशत कामदारमा दीर्घकालिन रोग देखिएको छ । वाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले गरि आएको पेशाकै कारण उत्पन्न हुने गरेको छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द (रेस्फेक) ले गरेको दु्रुत अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनसम्वन्धि मंगलवार भएको कार्यक्रममा रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले ७५ प्रतिशत दीर्घ रोगीमध्ये ३२ प्रतिशतमा आँखाको समस्या, १३ प्रतिशतमा हाडको समस्या र १२ प्रतिशतमा पेटसम्वन्धि रोग रहेको छ ।

नेपालमा पेशागत (व्यवसायजन्य) रोगका बारेमा पर्याप्त जानकारी नभएकाले शारीरिक श्रमिक र बौद्धिक श्रमिक पनि उत्तिकै मात्रामा रोगी हुँदै आएको कार्यक्रममा बताइयो । उद्योग, कार्यालय, कलकारखाना, विद्यालयलगायतका औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीमा समेत रोगको भयावह स्थिति रहेको छ भने निर्माण, घरेलु कामदार, कृषिलगायतका अनौपचारिक क्षेत्रमा रहेको असंगठित कामदारहरुको पेशागत स्वास्थ्य झनै पीडादायी अवस्थामा रहेको छ ।

व्यवसायजन्य स्वास्थ्यसम्वन्धि अध्ययनकर्ता जीवन लोहनीले लुगा, खाने भाडा निकै समस्या रहेको ६८ प्रतिशतले सुरक्षासामग्रंीको प्रयोग नै नगरिकन धुलो धुवाँमा काम गर्ने गरेको तथ्यांक पेश गर्नुभयो । उनका अनुसार ५३ प्रतिशत कामदार चर्को ध्वनी प्रदुषणमा काम गर्न वाध्य छन् । औपचारिक क्षेत्रमा काम गर्ने वौद्धिक पेशाकर्मीमध्ये १७ प्रतिशत एउटै शैलीमा दिन भरी काम गर्छन भने ३३ प्रतिशत एउटै ठाउँमा बसेर काम गर्छन् । यो तथ्यांकले भविष्यमा चर्कोखाले स्वास्थ्य समस्या पैदा हुने पक्का पक्की हुने लोहनीको ठहर छ ।

व्यवसायजन्य स्वास्थ्यका एकमात्र विज्ञका रुपमा रहेका काठमाडौं मेडिकल कलेजका प्राडा सुनिलकुमार जोशीले सन् २००० देखि यसवारेमा आफूले वहस पैरवी, स्वास्थ्य परिक्षण र प्रशिक्षण दिंदै आए पनि यसवारे आवश्यक चेतना जागृत गर्न कठिनाइ भइरहेको र नीतिगत स्पष्टता पनि सरकारले दिन नसकेको जानकारी दिए । उनका अनुसार व्यवसायजन्य स्वास्थ्य भनेको प्राथमिक कुरा हो। मानवअधिकार हो ।

काम गरेपछि ज्याला तलवसँगै रोग पनि लिएर आउने गरेको र सोही रोगका कारण समयअगावै मृत्यु वा दीर्घरोग बोक्नुपर्ने अवस्था नेपालमा रहेको उनले जानकारी दिए रोगको कारक तत्व आफ्नै पेशा भएकाले यसको उपचारको जिम्मा पनि पेशाबाटै हुनुपर्ने उनको धारणा रहेको छ ।

नेपालमा खुटा भाँच्यो भने उपचार आफैले गर्नुृपर्छ । कथंकदाचित क्षतिपुति १ लाख पाएपनि कामबाट निस्कनु पर्ने र जीवनभर अपांग भइ बाच्नुपर्नै अवस्था रहेको छ । उनले भने, ‘यसर्थ जिविकोपाजनको जिम्मा कसले लिने त भने कुरा नीतिगत स्पष्टता आवश्यक छ । उनका अनुसार श्रम ऐनले पेशागत रोग लागेको छ भने रिकडिङ्ग र रिपोटिङ्ग गर्नुपर्छ भनेको छ । तर व्यवसायजन्य रोग भनेर कसले कसरी पत्ता लगाउने र कहाँ रिपोटिङ्ग गने भने छैन ।

उनले अगाडि भने, ‘ पेशागतजन्य सुरक्षा गर्ने भए स्वास्थ्य र श्रम मन्त्रालयले जिम्मा लिनुपर्छ । नेपालमा मलेरियाका लागि अरबौ रुपैयाँ खर्चन्छ । तर पेशागत स्वास्थ्यबाट मनेको संख्या मलेरियाभन्दा दोब्बर छ । यसमा कसैंको चासो देखिएको छैन ।’

स्वास्थ्य मन्त्रालयका सहसचिव दिपेन्द्ररमण सिंहले खाने समयलाई छोट्याएर काममा डट्ने प्रवृत्ति हटाएर आवश्यकता अनुसार आरा मगर्ने समय छुट्याउन मात्र सके पनि धेरै रोगबाट आक्रान्त नहुने बताए । पेशागत स्वास्थ्य र सुरक्षासम्वन्धि नीति बनाउने काम भइरहेको जानकारी दिंदै उनले यथासिघ्र यसले मुर्त रुप पाउने जानकारी दिए ।

उपभोक्ता महासंघका अध्यक्षा प्रेमलाल महर्जनले काभ्रेका ५ घरमा एकजनालाई विषादीका कारण स्तन क्यान्सर र घाँटी क्यान्सर रहेको खुलासा गरे । उनले भने,‘इँटाभट्टामा १२ घण्टा लगातार धुलोमा काम गरेको हुन्छ ।मास्क लगाउँदैन । अनि खाल्डामा भएको पानीले नुहाउँछ। अनि पेशागत स्वास्थ्य कहाँ सुरक्षित हुन्छ र ? यसमा सरकार र उद्यमीले सोच्नुपर्छ । ’

ट्रेड युनियन काँग्रेसका आशासिंह ठकुरीले पेशागत स्वास्थको सुरक्षाले रोजगारदाता र श्रमजीवी दुवैलाई फाइदा हुने भएकाले नीति बनाउँदा ट्रेड युनियनलाई पनि समाहित गर्नुपर्ने धारणा राखिन् ।

जिफन्टका सचिव दीपक पौडेलले श्रमिकहरुमा चेतना कम भएको र जागीर पहिलो कि स्वास्थ्य भन्दा जागीर भन्ने उत्तर आउने गरेकाले पेशागत स्वास्थ्य सुरक्षित नभएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका सचिाव राजन पाण्डेले पेशागत स्वास्थ्य र सुरक्षाका विषयमा सरकारलाई दबाब दिन आवश्यक रहेको बताए । संयुक्त ट्रेड युनियन संयोजन समितिका महासचिव इन्द्रदेव मिश्रले अरु विषयमा रोजगारदाता र श्रमिकवीच झगडा हुने गरे पनि यो विषयमा एउटै मत रहेको धारणा राखे अन्तराष्ट्रिय श्रम संगठन –आइएलओ )का विणा थापाले पेशागत स्वास्थ्य र सुरक्षा विषय नै व्यापक रहेको र प्रत्येक घरमा बुढाबुढी र बालबच्चाबाहेक सवैका लागि यो विषयमा सचेतना आवश्यक रहेको धारणा राखे ।

नेपाल टेलिकमका पेशागत स्वास्थ्य र सुरक्षा संयोजक संजय दाहालले कामदारको स्वास्थ्य सरकारको मात्र नभइ रोजगारदाताको गुडविलसँग पनि सम्वन्धित रहेको बताउँदै पेशागत मृत्यु र दुर्घटनाको डाटा कहिं कतै नभएको जानकारी दिए ।

एक अध्ययन अनुसार पेशाबाट उत्पन्न हुने स्वास्थ्य र दुर्घटनाकै कारण विश्वमा दैनिक ३हजार ६ सय जना मर्छन भने वर्षेनी ३ अर्व १७ करोडओटा दुर्घटना भइ स्वास्थ्यमा जोखिम आउँछ ।


Facebook Comment


थप समाचार