साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा योग कीर्तिमानी मोक्तान सम्मानित

 

df]QmfgnfO{ c:6«]lnofsf dGqLåf/f ;Ddfg ;fpy c:6«]lnofsf] Pl8n]8df g]kfnLefifL e'6fgLbf/f cfof]lht sfo{s|ddf g]kfnsf of]u Dof/fygsf sLlt{dfgL pQd df]Qmfg -aLrdf vfbf nufPsf_nfO{ cfOtaf/ ;Ddfg ub}}{ ;fpy c:6«]lnofsf dGqL hf]o a]l6;g . df]Qmfgn] lulgh a'sdf ;f] sLlt{dfg sfod ug'{ePsf] lyof] . tl:a/ M ;f}hGo – ljZjbz{g cleofg s]Gb| g]kfn, /f;;

काठमाडौँ, १२ भदौ – साउथ अस्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तानलाई सम्मान गरेका छन् ।

त्यहाँ रहेका नेपाली भाषी भुटानी समुदायले अस्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरेको एक भव्य कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।

कीर्तिमानी मोक्तानलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गर्दै मन्त्री बेटिसनले भने–“नेपालबाट योगमा विश्वकीर्तिमान बनाउने मोक्तानजस्ता व्यक्तित्व अस्ट्रेलिया आएकोमा मलाई खुसी लागेको छ । म उहाँलाई हार्दिक स्वागतसहित सम्मान गर्दछु ।”

कीर्तिमानी मोक्तानले भने– “यहाँको संस्कृतिमन्त्रीबाटै सम्मानित हुन पाउँदा मलाई नेपाल र सम्पूर्ण नेपाली समुदाय नै सम्मानित भएको महसुस भएको छ । यसबाट म असाध्यै खुसी छु ।”

कार्यक्रमको संयोजन भुटानिज अस्ट्रेलिया एसोसिएसन अफ साउथ अस्ट्रेलियाले गरेको हो । विश्व दर्शन अभियान, नेपालसँग आबद्ध विश्वकीर्तिमानी मोक्तानलाई यसअघि पनि अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसङ्गठनले भव्य सम्मान गरेका थिए ।

मोक्तानले नेपालमा ५० घण्टा १५ मिनटसम्म लगातार योग गरी योग म्याराथनको विश्व किर्तिमान कायम गरी गिनिज प्रमाणपत्र प्राप्त गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *