स्वास्थ्य चौकीका लागि छ रोपनी जग्गा दान

jagga

पाल्पा, १२ भदौ –  रामपुर नगरपालिकाको १४ गेझामा स्वास्थ्य चौकी निर्माणका लागि छ रोपनी जग्गा दान प्राप्त भएको छ ।

गेझा बस्ने गोपालप्रसाद पन्तले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गरेका हुन् । “नगरपालिकाको केन्द्रबिन्दुबाट टाढा रहेको गेझा क्षेत्रमा स्वास्थ्य चौकी निर्माण भएपछि यहाँका नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले जग्गा प्रदान गरेको हुँ” – दाता पन्तले भने । उनले रु १५ लाख मूल्य बराबरको मूल्य पर्ने छ रोपनी जग्गा दान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *