स्वास्थ्य चौकीका लागि छ रोपनी जग्गा दान
पाल्पा, १२ भदौ – रामपुर नगरपालिकाको १४ गेझामा स्वास्थ्य चौकी निर्माणका लागि छ रोपनी जग्गा दान प्राप्त भएको छ ।
गेझा बस्ने गोपालप्रसाद पन्तले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गरेका हुन् । “नगरपालिकाको केन्द्रबिन्दुबाट टाढा रहेको गेझा क्षेत्रमा स्वास्थ्य चौकी निर्माण भएपछि यहाँका नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले जग्गा प्रदान गरेको हुँ” – दाता पन्तले भने । उनले रु १५ लाख मूल्य बराबरको मूल्य पर्ने छ रोपनी जग्गा दान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





