गर्भ जाँच गराउनबाट वञ्चित

x-ray

खोटाङ, १२ भदौ –  जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् ।

विद्युत्को हाइभोल्टेजका कारण अढाइ महिनाअघि बिग्रिएको एक्स–रे मेसिन पुनः सञ्चालन गर्न नसक्दा गर्भ जाँच गराउनबाट वञ्चित भएका अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । “बिग्रिएको एक्स–रे मेसिन नेपालमा नबन्ने रहेछ ।” उनले भने – “विभाग तथा दाताहरुलाई नयाँ उपलब्ध गराइदिन अनुरोध गरिरहेका छौँ ।”

अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिलालाई जोखिम मोलेर बच्चा जन्मने महिना कुर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् । विसं २०४८मा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ ।

जिल्लाको एकमात्र प्रसूति सेवासहितको अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *