प्रसूतिगृहमा सुत्केरी हुनेको संख्या एक बर्षमै १९ हजार

काठमाडौँ, ११ भदौ – आमा सुरक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२/७३ मा परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट १८ हजार ९७ जनाले सुत्केरी सेवा प्राप्त गरेका छन् ।prasuti

ती मध्ये सामान्य प्रसूति सेवा ११ हजार १८० जना र दुई हजार १६९ जनाले जटिलतायूक्त प्रसूति सेवा प्राप्त गरेका छन् । त्यस्तै शल्यक्रिया गरी सुत्केरी हुनेको सङ्ख्या चार हजार ५४८ भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले जानकारी दिए ।

अस्पतालमा पाठेघर खसेर १३० जनाले शल्यक्रिया गराएका थिए भने पाँच महिलाले पाठेघर क्यान्सर सम्बन्धी निःशुल्क उपचार प्राप्त गरेको अस्पतालले जनाएको छ ।

प्रसूति तथा स्त्री रोगसम्बन्धी समस्या भएका ५६४ जना गरिब, अति गरिब र असहाय बिरामीले सेवा लिएको निर्देशक डा गौतमको बताए ।

सरकारले मुलुकभरिका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर्गत सुत्केरी महिलाका लागि औषधिलगायत सबै सेवा निःशुल्क दिइने प्रावधान छ ।

अस्पतालमा सुत्केरी गराउनेलाई न्यानो झोला र यातायात खर्चबापत भत्तासमेत उपलब्ध गराउँदै आएको छ । सो अन्तर्गत सुत्केरीलाई हिमाली जिल्लामा रु। एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० दिने व्यवस्था छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *