जिल्ला अस्पतालमै पुगेनन् डाक्टर, चौध जनाको दरबन्दीमा दुई जना मात्रै !

सुखिलाल चौधरी/उदयपुर, ११ भदौ – जिल्ला अस्पताल गाइघाटमा १४ जना चिकित्सकको दरवन्दी छ तर अहिले २ जनाले काम चलएका छन् । दरवन्दी भएर पनि चिकित्सक नपुग्दा सेवाग्राही भने निक्कै मारमा परेका छन् ।

udayapur-hospital

विसं २०७० सालबाट ५० शैय्यामा परिणत भएको जिल्ला अस्पताल गाईघाटमा विशेषज्ञ सहित १४ जना दरबन्दी रहेको छ । तर एक मेडिकल सुपरिटेन्टेन्ट जनरलिष्ट अधिकृत तथा कार्यालय प्रमुख डा. बिष्णुबहादुर बस्नेत र एक मेडिकल अधिकृत डा. विशालकुमार देव मात्र रहेका छन् ।

अस्पतालमा हालसम्म प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पिडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याट्रिष्ट अधिकृत र मेडिकल अधिकृत आठौं तहको दरबन्दी भएपनि कुनै विशेषज्ञ नआएको मेसु डा. बस्नेतले बताए ।

एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत समेत नभएको प्रमुख डाक्टर बस्नेतले बताए । यसैगरी डेन्टल शाखामा पनि शुन्य छन् । हुनुपर्नेमा डेन्टल सर्जन अधिृकत र डेन्डल हाईजिनिष्ट सहायक ह्ुनुपर्नेमा पनि हाल कोही छैन । फिजियोथेरापी लगायत अन्य अति आवश्यक कर्मचारी समेत छैन ।

‘दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटक–पटक पत्राचार गर्दा पनि सुनुवाई नभएको डा. बस्नेतको गुनासो रहेको छ । स्थानीय तहबाट जाने दबाब मन्त्रालयले सुनुवाई नगरेका कारण समस्या भएको हो ।

यसका लागि अस्पतालले पुनः दबाव दिने तयारी गरेको छ’, अस्पताल विकास समितिका अध्यक्ष शिव रेग्मीले बताए । जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बस्नेतले सरकारले आवश्यकता अनुसारको विशेषज्ञ सेवा व्यवस्था गर्नुपर्ने बताए । चाहे अनुसार विशेषज्ञहरु नहुँदा बिरामीहरुले पाउनु पर्ने सेवा नै दिन नसकेको डा. बस्नेतले बताए । दबरन्दी अनुसार चिकित्सक माग गरी मन्त्रालयमा पठाउँदा पनि दरबन्दी अनुसारको चिकित्सक पठाउन चाहदैन ।

यहाँ पर्याप्त मात्रामा दरबन्दी बमोजिम डाक्टरहरु उपलब्ध नगराउदा उपचार प्रभावित हुने गरेको मेसु डा. बस्नेतले बताए । अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेको बताउँछन ।

त्यसमा दैनिक सरदर ८–१० जना सुत्केरी हुने गरेको डा. बस्नेतले बताए । उनका अनुसार वार्ड र इमरजेन्सी गरी बिहान ८ बजेदेखि बिरामी चेक जाँच गर्दा गर्दै १०ः३० बज्ने गरेको छ । डा. बस्नेतले भने–‘कति खेर खाना खानु कति खेर ओपिडीको बिरामी जाँच गर्नु भ्याई नभ्याई छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *