कान्तिपुर डेन्टलद्धारा साढे पाँच सय जनाको निशुल्क दन्त परीक्षण

IMG_0229
काठमाडौँ, ११ भदौ -बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले बिहीबार र शुक्रबार गरी झण्डै साढे पाँच सय जनाको निशुल्क दन्त परीक्षण गरेको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारी गत बिहीबार बुढानिलकण्ठस्थित श्रीकृष्ण मन्दिर(स्कोन) परिसरमा आयोजित शिविरमा दुई सय जनाको दन्त परीक्षण गरिएको थियो । त्यस्तै सोही कलेजबाट खटिएको अर्कोटोलीले शुक्रबार बाँसबारीस्थित बाँसबारी उच्चमाविमा शिबिर राखेको थियो । उक्त शिबिरमा विद्यार्थी तथा शिक्षक गरी ३२९ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए ।

IMG_0203

बुढानिलकण्ठ शिबिरको नेतृत्व गरेकी डा. स्मिता दाहालले ५० प्रतिशत बढीमा दाँत किराले खाने समस्या र ४० प्रतिशतमा गिजासम्वन्धी समस्या भएको बताइन् । उनले शिविरमा आउनेलाई आवश्यकता अनुसार निशुल्क औषधि तथा परामर्श गरेको बताइन् । उनको टोलीमा १२ जना चिकित्सक तथा डेन्टल हाइजिनिष्ट सहभागी थिए ।

IMG_0223

यता शुक्रबारको शिविरमा ४ देखी १८ बर्ष उमेर समूहका ३२९ जनाको मुख तथा दन्त स्वास्थ्य परीक्षण भएको डा. सलिना मानन्धरले बताइन् । शिविरमा नर्सरी देखी कक्षा आठ सम्मका विद्यार्थीको दन्त परीक्षण गरिएको थियो ।

जसमा १३१ छात्र र बाँकी छात्रा थिए । परीक्षण गरिएका मध्ये अधिकांशको दाँतमा किरालाग्ने समस्या भएको डा मानन्धरले बताइन् । केहीमा गिजासम्वन्धी समस्यामा भएको समेत जानकारी दिइन् ।शिविरमा डा. रोजिना भट्टराई, डा. सुनिता खनाल, डा. अञ्जु खापुङ लगायतका चिकित्सक सहभागी थिए ।

IMG_20160826_113632

कान्तिपुर डेन्टल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर राख्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *