कब्जियतबाट बच्न अपनाउनुहोस् यी घरेलु उपाय
राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।
एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानीसँग पिउने ।
अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ ।
अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।
गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
एक चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।
अमलालाई सुकाएर पिसेर चूर्ण बनाएर १ चम्चा बिहान साँझ खाना पछि खाने ।
खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने ।
तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
बिहानको समय ३–४ कि.मि हिंडडुल गर्ने ।
सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउने गर्नाले फाइदा हुन्छ । ।
सम्पर्क इमेल : [email protected]