बैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षणका विषयमा स्वास्थ्य मन्त्रीको पहिलो निर्णय

gagan2

काठमाडौँ, १० भदौ – नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले पदभार ग्रहण गरेसंगै पहिलो निर्णय गरेका छन् ।

पहिलो निर्णय स्वरुप उनले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षणमा हुने समस्या समाधान गर्ने सम्बन्धी ‘कमिटि’ बनाउने फाइलमा हस्ताक्षर गरेका छन् ।

उनले लाखौं नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका हुन् । यसै विषयलाई मध्यनजर गर्दै मन्त्रालयले छानविन एवं अध्ययन समिति गठन गरेको छ ।

यसैक्रममा मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएका बिभिन्न समस्या हल हुने र डा. केसीको माग समेत सम्बोधन  हुने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *