स्वास्थ्य मन्त्री गगन थापा

gagan

काठमाडौँ, ९ भदौ – सत्ता साझेदार नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेता गगन थापाले पाउने करिब करिब निश्चित भएको छ ।

स्रोतका अनुसार थापालाई छुट्टयाइएको शहरी बिकास मन्त्रालयमा अर्जुन नरसिंह केसी जाने भएपछि थापालाई स्वास्थ्यको जिम्मेवारी दिन लागेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले थापा स्वास्थ्य मन्त्री बन्ने करिब करिब निश्चित भएको बताए । उनका अनुसार कांग्रेसले यस अघि गरेको तयारी भत्किएको छ ।

यसअघि अर्जुन नरसिंह केसीलाई शिक्षा भनिएको थियो तर माओबादीले शिक्षा लिएपछि उनलाई यसअघि गगन थापालाई भनिएको शहरी बिकास मन्त्रालयमा उनलाई पठाइएको छ र गगन थापाले स्वास्थ्य लैजाने लगभग निश्चितभएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य मन्त्री गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *