प्रसूति गृहलाई अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने

k|;"lt c:ktfnsf] jflif{sf]T;j ;df/f]x yfkfynLl:yt k/f]ksf/ k|;"lt tyf :qL/f]u c:ktfnsf] %& cf}F jflif{sf]T;j ;df/f]xdf laxLaf/ ;xefuL x'Fb} :jf:Yo ;lrj 8f ;]g]Gb|/fh pk|]tL, c:ktfnsf lgb]{zs 8f hfu]Zj/ uf}tdnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ९ भदौ –  परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ ।

अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्राडा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री/नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु गर्ने र सोलार प्रणाली जडान गर्न गृहकार्य भइरहेको जानकारी दिए।

parsuti1

स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले भने – “मातृ स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न यस अस्पतालले ठूलो भूमिका निर्बाह गरेको छ । नेपालको एकमात्र प्रसूति गृहको विकासका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।”

मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले प्रसूति गृहले दिइरहेको सेवालाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने – “हामीले पुरानै शैलीमा सेवा दिएर हुँदैन । अब नयाँ प्रविधि र शैलीमा बिरामीलाई सेवा दिन सक्नुपर्छ । सेवा दिने र सेवा लिने पनि हामी नै हाँै भन्ने भावनाबाट प्रेरित भई सेवा दिनुपर्ने बेला आइसकेको छ ।”

नेपालका लागि भारतीय राजदूतावासका प्रतिनिधि ज्ञानवीर सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा भारत सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए । उहाँले प्रसूति गृहको स्थापनाकालदेखि नै भारत सरकारको सहयोग रहिआएको चर्चा गर्दै स्वास्थ्य क्षेत्रमा सबै खालका सहयोग जारी रहने बताए ।

अस्पाताल विकास समितिका अध्यक्ष डा. नन्दप्रसाद शर्माले पर्याप्त शै्यया नहुँदा बिरामीको चाप धान्न गाह्रो परिरहेको उल्लेख गर्दै अस्पतालमा ४१५ शै्यया पर्याप्त नहुँदा बिरामीको चाप धान्न र स्तरीय सेवा दिन चुनौती थपिएको छ भने।

आव २०७२÷७३मा बहिरङ्ग सेवामा प्रसूति सेवामा ५२ हजार ८१४ र स्त्रीरोग उपचारमा २५ हजार २३० बिरामी र बच्चाको खोप, बाँझोपन, परिवार नियोजनमा एक लाख ३६ हजार ६४६ बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *