उपचार गराउन नसक्दा बन्धनमा

 

उदयपुर, ८ भदौ – मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–२ गाईघाटस्थित शान्तिनगरका २८ वर्षीय निर्मल खड्का दुई महिनादेखि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा घरमै बन्धक बनेका छन् ।

छ महिनाअघिदेखि नै मानसिक असन्तुलन भएका खड्काले दुई महिनादेखि महिलामाथि हातपात तथा कुटपिट गर्नुका साथै अरुको घरमा ढुङ्गा प्रहार गरेर गालीगलौज गर्न थालेकाले प्रहरीको सहमतिमा गाउँलेले उनलाई घरमा साङ्लोले बाँधेर राखेको खड्काका दाजु राजन खड्काले बताए।

घरको आर्थिक अवस्था कमजोर भएकाले खड्काको उपचार गराउन नसक्दा अरुको सुरक्षाका लागि आफ्नै छारोलाई साङ्लोले बाँधेर राख्नुपरेको खड्काकी आमा देवकीदेवी खड्का बताउँछन् ।

देवकी भन्छिन् – “उपचारका लागि भारतको राँची वा काठमाडौँ लान पाए छोराको अवस्थामा सुधार हुन्थ्यो होला तर रु। पाँच लाखभन्दा बढी खर्च लाग्ने कुरा सुनेकाले सो रकम जुटाउन नसक्दा छोरालाई रातदिन साङ्लोमा बाँधेर राख्नुपरेको छ ।” चौबिसै घण्टा बाँधेर राख्दा उसको हातखुट्टामा घाउ भएर रगत आउन थालेको छ ।

छोराको उपचारका लागि देवकीले सबैसँग आर्थिक सहयोग गरिदिन अनुरोध गरेकी छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *