शौचालयबाट त्रिशूली प्रदूषित

trisuli

धादिङ, ७ भदौ –  त्रिशूली नदी बचाउने र यसको सफाइ गरी पर्यटक भित्र्याएर स्वच्छता कायम गर्ने अभियान सञ्चालन भइरहे पनि राजमार्ग छेउका मानिसले शौचालय नदीमा मिसाउन छाडेका छैनन् ।

मलेखुदेखि गजुरीबजारसम्म पर्ने गजुरी गाविसका क्षेत्रमा बनेका घरहरुले त्रिशूली नदीमा सिधै शौचालय मिसाउने गरेको अनुगमनका क्रममा देखिएको छ । यस क्षेत्रको ८० घरमा गरिएको अनुगमनमा ५२ घरधुरीले शौचालय त्रिशूली नदीमा मिसाउने गरेको देखिएको अनुगमनमा खटिएको गजुरी गाविस कार्यालयले जनाएको छ ।

गजुरी गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सञ्चालनका क्रममा गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गाविसलाई खुला दिसामुक्त गाविस बनाउन कार्यक्रम सञ्चालन गरेको छ । सोक्रममा २८ घरमा शौचालय नै नभएको पाइएको छ ।

त्रिशूली लगायत कुनै पनि नदी एवं खोलामा शौचालय मिसाउन नपाइने भएकाले सबै घरलाई तत्काल आफैँले सेफ्टी ट्याङ्की बनाउन निर्देशन दिइएको छ । शौचालय नबनेका घरलाई तत्काल शौचालय बनाउन निर्देशन दिइएको गाविसले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *