यी हुन् तिते करेलाका १२ लाभदायी गुण

प्राय सबैको भान्सामा पाक्ने तिते करेला खाँदा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी हुन्छ। 

karela

 

तितेकरेलाका लाभदायी गुणहरु यस्ता छन् :

१. श्वासप्रश्वास समस्यामा :

ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका ब्यक्तिहरुका लागि करेला निक्कै लाभदायी हुन्छ। यसको सेवनबाट यस्ता प्रकारका रोगीहरुलाई राहत मिल्छ ।

२.  लिभर टनिक :

दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । कम्तीमा पनि एक हप्तामा एक पटक करेलाको जुस पिउनु स्वास्थ्यका लागि लाभदयी हुन्छ । ।

३.  रोग प्रतिरोधक :

पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ ।

४.  डण्डीफोरमा :

करेलाको सेवनले डण्डीफोर, अनुहारको दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउन मद्दत गर्छ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउँछ ।

५. मधुमेह :

करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

६. कब्जियतमा :

यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

७.  मिर्गौला र ब्लाडर :

यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

८.  मुटुको रोग :

यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

९. क्यान्सर :

करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउँछ र क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

१०.  तौल घटाउन :

यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले शरीरको तौल तथा माृटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

११. छालाको समस्यामा :

करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सी ले चाउरीपना हटाउन मद्दत गर्छ।

१२.  कपाल चम्काउन :

करेलाको रसमा एक कप दही मिसाएर लगाउने र केही समयपछि धुने, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हट्छ। करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *