अत्यधिक रक्तश्रावका कारण गर्भवती महिलाको मृत्यु

रोल्पा, ५ भदौ – अत्यधिक रक्तस्रावका कारण पश्चिम रोल्पाको तालाबाङ्मा शनिबार एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

तालाबाङ–८ बुढागाउँकी सुकु घर्तीमगरलाई प्रशव बेथा लागेपछि स्वास्थ्य चौकी तालाबाङ पु¥याइएको थियो ।

अत्यधिक रक्तस्राव हुँदा स्वास्थ्य चौकीमै उनको मृत्यु भएको हो । तर उनले जन्म दिएको बच्चा भने जिवित रहेको बताइएको छ । मृतक घर्तीले गर्भवती भएपश्चात् चारपटकसम्म स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउनुपर्नेमा त्यसो नगरेको तालाबाङ स्वास्थ्य चौकीका अहेब पदमबहादुर घर्तीले बताए।

कम उमेरमा गर्भवती हुने, स्वास्थ्य चौकीको दूरी टाढा हुने, चारपटकसम्म प्रसूति जाँच गराउनुपर्नेमा नगर्ने, सुत्केरी स्याहारमा ध्यान नदिने कारण सुत्केरी तथा गर्भवती महिलाको मृत्यु हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिए ।

शिशु तथा मातृ शिशुदर कम भएको भनिएपनि रोल्पा जिल्लामा एक हप्ताको बीचमा एक शिशु र एक गर्भवती महिलाको मृत्यु भएको छ । केही दिन अगाडि रोल्पाको घोडागाउँ–८ थुम्पाकीमा आठ महिने एक शिशुको समेत मृत्यु भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *