स्वास्थ्य सचिव डा. उप्रेती भन्छन्, ‘दुर्गममा चिकित्सक पठाउन होइन टिकाउन चुनौती छ ‘

- नेपाली हेल्थ
डा. सेनेन्द्रराज उप्रेती सचिव, स्वास्थ्य मन्त्रालय
डा. सेनेन्द्रराज उप्रेती
सचिव, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको सचिव हुनु भएको छ, तपाईँका प्राथमिकता के के छन् ?

सचिवको काम भनेको सरकारले ल्याएका योजनाहरु वा सरकारले गरेका निर्णयहरुको कार्यान्वन गराउन नेतृत्व लिने हो । अथवा सरकारलाई निर्णयको प्रक्रियामा ऐन नियममा रहेका व्यवस्थाहरुको बारेमा त्यसका पृष्ठभूमी समेत देखाएर निर्णय प्रकृयामा सघाउ पुरयाउने हो । अनि प्राविधिक पाटोमा स्पष्ट दृष्टिकोण बनाउन मद्धत गर्ने हो ।

सचिव पद राजनीतिक नियुक्ति नभएको हुनाले हामीले गर्ने भनेको नेपालको स्वास्थ्य नीति २०७१ मा जे कुरा लेख्या छ । नेपाल स्वास्थ्य क्षेत्र रणनीतिमा जे कुरा लेख्या छ । चौधौँ योजनाको आधारपत्रमा जे कुरा लेख्या छ र बार्षिक योजनामा जे कुरा लेख्या छ त्यहि कुरा गर्ने गराउने हो ।

यहाँले जागिर सुरु गरेयता स्वास्थ्य सेवा बाहेक अन्यत्र जानु परेन । यसले गर्दा स्वास्थ्यलाई गहिरोसंग बुझ्नु पनि भएको होला स्वास्थ्यको समस्या चाहि के हो जस्तो लाग्छ ?

स्वास्थ्य क्षेत्रको विषयमा धेरैकुरा नीतिले समेटछ । स्वास्थ्यमा धेरै राम्रा नीति बन्छ । तर कार्यन्वनय पक्ष चाहि अलिकति कमजोर हो कि जस्तो लाग्छ । सिधा हिसावले भन्दा कार्यान्वयन अलिकति ढिलो हुने र प्रभाबकारी कार्यान्वनय नहुने यहाँको समस्या हो जस्तो लाग्छ ।

अर्कोकुरा स्वास्थ्य क्षेत्रमा जुन समस्या छन् केही समस्या स्वास्थ्य सेवा प्रवाहमा पनि छ । केही समस्या स्वास्थ्य सेवा प्रदायकमा देखिन्छ । केही समस्याहरु पहुँच र समानताको विषयमा छ ।

सबैभन्दा ठूलो समस्या के भने यहाँ स्वास्थ्य सेवामा भएको ‘आउटकम’मा समानता छैन । धनी र गरीवमा स्वास्थ्य सेवाको पहुच फरक छ । दुर्गम र सुगममा बस्ने मानिसको सेवामा भिन्नता छ । हुने र नहुनेको बीचमा असमानता छ । जाती लिंग बर्ण समुदायबीच स्वास्थ्य सेवा फरक छ । त्यो भनेकोे हामीले अहिले जे स्वास्थ्य सेवा प्रदान गरेका छौँ, त्यो सबै समुदायको वा सबै नेपालीको पहुचमा बराबर छैन् । त्यहि असमानता निराकरण गर्नु अहिलेको हाम्रो प्रमुख चुनौती हो ।

किन यस्तो भयो ?

यो भन्दा अघिल्ला दशकमा हामी केमा फोकस भयौँ ? ‘इन्पुट’मा । कतिवटा हेल्थपोष्ट बनाउने, कतिवटा अस्पताल बनाउने आदिमा । ती सबै इन्पुट भयो । त्यतिवेला हामीले हेल्थपोष्ट बनाएपछि हाम्रो दायित्व पुरा भयो भन्ने ठान्यौँ । तर हेल्थपोष्ट बनेर मात्रै हुँदैन रहेछ । त्यहाँ उपकरण हुनुपरयो । जनशक्ति हुनुपरयो । मान्छेले उपचार गर्नका लागि विश्वास जित्नुपरयो ।

त्यसैले आजको दिन र अहिलेको दिनमा हाम्रो सरोकार भनेको हाम्रो स्वास्थ्य संस्था पूर्णरुपमा उपयोग भइसकेका छैनन् । हाम्रा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको गुणस्तर सुधार गर्नुपर्ने अझ धेरै काम छ ।

हाम्रा सेवालाई थप विश्वासयोग्य बनाउनुपर्छ भन्ने हो । तर यसो भनिरहँदा अहिले पनि सम्पूर्ण रुपले अविश्वास गर्छन भन्ने चाहि होइन । हामीले अहिलेको भन्दा थप विश्वासयोग्य बनाउनुपर्छ भन्ने हो ।

DSC09479

स्वास्थ्यको कुरा गर्ने वित्तिकै दुर्गमस्थानमा चिकित्सक नपुगेको, औषधि नभएको उपकरण नभएको जस्ता कुराहरु आउछन ? त्यस स्थानमा प्रभावकारी स्वास्थ्य सेवा कसरी पुरयाउने ?

कहिलेकाँही मलाई पनि लाग्छ दुर्गम स्थानमा स्वास्थ्य सेवा पुरयाउने हाम्रो अतिनै समस्या छ । तर त्यसो होइन रहेछ हाम्रो जस्तो विकासोन्मुख देशहरुमा पनि यस्तै समस्या रहेछ । त्यसैले यो विकासोन्मुख देशहरुको प्रमुख समस्या हो रहेछ ।

यथार्त कुरा के हो भने सबैलाई त म भन्दिन तर अधिकांश चिकित्सकहरु दुर्गम जानै रुचाउदैनन् । गईहाले भनेपनि नियमित बस्दैनन् । नियमित बसिहाले पनि आफ्नो सम्पूर्ण क्षमताको सेवा दिदैनन् । त्यसको कारण के छ भने दुर्गममा नियमित जाने र सेवा दिने कुरालाई मान्छे खटाउने वा पदपूर्ति गरेर मात्रै हुँदेन ।

दुर्गममा जानका लागि पहिले सरकारले बाताबरण बनाउनु नै पर्छ । त्यो भनेको दुर्गम पुगेका चिकित्सकले पनि सुगममा बसेका जस्तै आफ्नो ज्ञान र सीपलाई बृद्धि गर्ने बाताबरण बन्नु पर्छ । भर्खर पढेर दुर्गम पुगेको चिकित्सकलाई गाईड गर्ने सिनियर छैन भनेपनि उनीहरु इन्टरनेटको पहुँच हुनुपर्छ ।

स्वास्थ्यकर्मीको सेवाको प्रकृति चौविसै घण्टा अलर्ट हुनुपर्छ । भनेपछि उनीहरुलाई आवासीय सुविधा हुनुपरयो । बालबच्चा स्वास्थ्य कर्मीका पनि हुन्छन् । तिनिहरु राख्ने व्यवस्था हुनुपरयो । त्यतिले मात्रै भएन नजिकै स्कुल हुनुपरयो ।

र सबभन्दा महत्वपूर्ण कुरा दुर्गम गएर बसेर काम गरेको र नगरेको , गर्नेमध्ये सबैभन्दा राम्रो कसले गरेको , त्यसलाई चाहि उचित मूल्यांकन गरी राम्रा गर्नेलाई पुरस्कार दिने र तर काम राम्रो नगर्ने हिसावले लेखाजोखा गर्नुपरयो ।त्यसको भएको छैन । त्यसैले अहिलेको हाम्रो चुनौती दुर्गममा चिकित्सक पठाउनु होईन गएकालाई टिकाउनु हो । 

स्वास्थ्य सेवा भन्ने वित्तिकै डाक्टर अभाव भएको कुरा आउछ । अहिले डाक्टर अभाव छ कि छैन ?

हामीकहाँ हुँदै नभएको होइन । हाम्रो तथ्यांकले अहिले २० देखी २५ वटा पिएचसीमा मात्रै डाक्टर नभएको देखिएको छ । तर यसैमा सन्तोष मानेर बस्नेवाला म हैन । दरवन्दी मात्रै पुर्ति हो कि जनतालाई चाहिएको बेलामा सेवा पनि पाएका छन भन्ने ठूलो कुरा हो । हुनुपर्ने चाही जनताले खोजेको बेलामा चिकित्सक उपलव्ध हुनुपर्ने हो ।

त्यसैले म अहिले के भन्छु भने लामो समय निरन्तर बसेर गुणस्तरीय सेवा दिनलाई चिकित्सक मात्रै भएर पनि हुँदैन । स्वास्थ्य संस्थाको पूर्वाधार कस्तो छ ? प्रविधि कस्तो छ ? टिम कस्तो छ आदिमा भरपर्छ । त्यसैले चिकित्सकको संख्या खोज्दा यी सबै कुरा समान रुपमा उठाइनुपर्छ जस्तो लाग्छ । किनभने एउटा चिकित्सकले चाहेर पनि सधैभरी एक्लै गर्न सक्दैन ।

तर अर्को कुरा के पनि हो भने राज्यले खटाएको ठाँउमा जान्छु भनेर कबुलियत गरेर फलानो ठाँउमा खटाएको भन्ने पत्र बुझेपछि त्यो व्यक्तिले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ ।

सरकारी तथ्यांकमा अरु बेला स्वास्थ्यकर्मी पुगेजस्तो देखिन्छ । तर जव बार्षिक समिक्षा गोष्टी हुन्छ क्षेत्रीय निर्देशकहरुले विरामी र स्वास्थ्यकर्मीको अनुपान दर भयावह भएको प्रतिवेदन पेश गर्छन खासमा कुरा के हो ?

प्रतिवेदनमा पेश गर्ने एउटा सूचक छ । डाक्टर संख्या र जनसंख्याको अनुपातको सूचक । त्यो भनेको उपलव्ध डाक्टरको संख्यामा आम जनसंख्यालाई भाग गर्ने हो । सरकारी निजी गैरसकारी सबै चिकित्सकहरु जोडेरै त्यस्तो अनुपात निकालिन्छ ।

हाम्रो देशको सन्दर्भमा कुरा गर्दा स्वभाविक रुपमा डाक्टर शहरमा बढी छन् । अझ भन्ने हो भने मध्यमाञ्चलनमा नै बढी होलान । किनकी चितवन काठमाडौँ बीरगञ्ज जस्ता ठूला सहर यहि क्षेत्रमा पर्छ । तर सबै ठाँउमा यस्तो छैन । शहरी क्षेत्रमा डाक्टर जनता अनुपात थोरै छ । तर गाँउ क्षेत्र वा दुगर्म क्षेत्रमा यसको अनुपात धेरै छ ।

हामीले यो अनुपात सकेसम्म घटाउछौँ र डव्लुएचओले भनेजस्तो प्रति १० हजार जनसंख्यामा २३ जना स्वास्थ्यकर्मी पुराउन लागि परेका छौँ । अहिलेको सालाखाला प्रति १० हजारमा १३ जना भन्दा बढी स्वास्थ्यकर्मी भएको पाइएको छ ।

सरकारले स्वास्थ्य बीमा सुरु भएको छ ? के यसले साच्चिकै जनतालाई सहज स्वास्थ्य सेवा पुरयाउछ त ?

सुरुवात भएको छ । कैलाली बाग्लुङ र इलाममा स्वास्थ्य सेवा समेत सुरु भईसकेको छ । चालु आर्थिक बर्षमा थप २५ जिल्लामा यो कार्यक्रम सुरु गर्ने सरकारको तयारी छ । र विस्तारै देशभर यो लागू गर्ने हो ।

तपाईले उठाएको प्रश्न यसले सहज स्वास्थ्य सेवा पुरयाउछ त ? भन्ने जुन छ म यति मात्रै भन्छु कि यसको मुख्य उदेश्य भनेको हामीकहाँ रहेका भएका खासगरी विपन्न बर्गका लागि स्वास्थ्यका लागि खर्च गर्नुपर्दा उनीहरु थप गरिबीमा नफसुन भन्ने नै हो । अर्थात सानो रकमले ठूलो उपचार सेवा पाउन भन्ने नै हो । त्यसैले सम्भव छ । र सम्भव बनाउनै पर्छ ।

तपाईलाई उदाहरण दिउ जर्मनमा स्वास्थ्य बीमा सुरु भएको १२० बर्ष भयो अहिले पनि नियमित रुपमा सुधार गर्दैछन् । त्यसैले हाम्रो पनि सुरुवात हो , तर सुरुवात नै ढिलो भयो । यसलाई हामीले सुधादै लैजानुपर्छ ।

यो स्वास्थ्य क्षेत्रको सुधारको ठूलो कार्यक्रम हो । यो सफल भयो भने स्वास्थ्य क्षेत्रमा असफल केही पनि हुँदेन । यसलाई सफल बनाउने हाम्रो लागि चुनौती छ । यसमा धेरै समन्वय अन्तरक्रिया सहयोगको आवश्यकता छ ।

अहिले हाम्रो सुरुवाती छ प्रयाप्त समन्वय नभएको भन्ने विषयमा पनि हामीले सुधार्न चाहन्छौँ । हामीले पनि समन्वय नगरी सफल हुन्छौँ भन्ने सोचेका छैनौँ ।

संघीयतामा स्वास्थ्यको संरचना कस्तो बन्दैछ ?

संघीयता जाँदा , प्रान्तीय संरचना आदि सबै संरचना बनाउँदा पनि अहिलेको स्वास्थ्य सेवा जे छ नि त्यो कुनैपनि मानेमा घटन दिनु हुँदैन । बृद्धि गर्ने गतिलाई अगाडी बढाउनुपर्छ ।

संरचनागत रुपमा प्रान्तको जस्तो हुन्छ त्यस्तै हुन्छ । हाम्रो संरचनाको मुख्य उदेश्य भनेको जसरी सघीयताको अवधारणा हो सकेसम्म धेरैजिममेबारी धेरै निर्णय गर्ने अधिकार स्थानीय स्तरमा जानुपर्छ ।

प्रान्तिय स्तरमा जानुपर्छ भनने हो । केन्द्रीय स्तरमा न्युन हुनुपर्छ भनने हो । यस सम्वन्धमा हामीले टास्कफोर्स बनाएर काम गरिरहेका छौँ । अरु लाइन एजेन्सीमा संघीयतामा जाँदा स्वास्थ्य मन्त्रालय पछाडी पर्दैन । त्यसको तयारी हामी गरिहरेका छौँ ।


Facebook Comment


थप समाचार