एकै व्यक्तिलाई दुईपटक मृत घोषणा

बुटवल, ४ भदौ – सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जिवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो । सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले रातिनै घर लगेर आफ्नो संस्कारअनुसार आज बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उक्त व्यक्तिले पुनः जिवित मानिसले जस्तै हातखुट्टा चलाउने र शरिरबाट पसिना निकालेपछि सबैलाई चकित पारेका थिए ।

मृत्यु भएका भनिएका व्यक्तिको शरीरमा त्यस्तो अवस्था देखापरेपछि परिवार तथा दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पु¥याइ भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँ पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिए ।

चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ‘रिगोर मोर्टिस’ भएको मानिने लुम्विनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विकास देवकोटाले बताए।

उनले अञ्चल अस्पतालमा उपचारार्थ ल्याइएका र चिकित्सकले मृत्यु घोषणा गरेका व्यक्तिमा देखिएको यस्तो अवस्थाका बारेमा आफूले यथार्थ बुझ्ने समेत बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *