घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

- नेपाली हेल्थ

भदौ लागिसकेको छ । यदि पानी परेन र घाम लाग्यो भने यो घाम अत्यन्त कडा हुन्छ । यो मौसममा लाग्ने घामले कतिपयलाई एलर्जी समेत बनाएको हुन्छ । तर, केही उपाय अवलम्बन गर्न सके यस्तो एलर्जीबाट बच्न सकिन्छ ।

face

  • नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
  • घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
  • घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
  • काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
  • घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।
  • नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् ।
  • पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
  • हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् ।
  • घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।

थप समाचार


Facebook Comment