त्रिवि आइओएम किन ‘भद्रगोल’ ?

  • पूर्वडिन प्राडा अरुण सायमीको टिप्पणी
  • - नेपाली हेल्थ
    प्राडा अरुण सायमी पूर्व डिन, त्रिवि चिकित्सा शास्त्र अध्ययन सस्थान (आइओएम)
    प्राडा अरुण सायमी
    पूर्व डिन, त्रिवि चिकित्सा शास्त्र अध्ययन सस्थान (आइओएम)

    त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा अहिले जस्तो भद्रगोल कहिल्यै भएको थिएन । अहिले मतलव पछिल्लो दुई तीन बर्ष यता । मैले आइओएममा डिनको रुपमा पाँच बर्ष विताएँ । मेरो कार्यकाल सकिएको अहिले ठ्याक्कै चार बर्ष भयो ।

    त्यस अवधीमा मैले आइओएमको मिलेसम्म स्तरबृद्धि गरेँ भन्ने लाग्छ । तर दुखको साथ भन्नै पर्छ त्यसपछि भने आइओएम उधोगति शुरु भयो ।
    मैले छोडेपछिको चार बर्षको अवधीमा आइओएममा ६ जना डिन बने । प्राडा कुमुद काफ्ले, प्राडा धर्मकान्त बास्कोटा, मेरै आफ्नै दाई प्राडा प्रकाश सायमी, प्राडा शशी शर्मा, प्राडा रतेन्द्र श्रेष्ठ र प्राडा राकेश श्रीवास्तव ।

    तर अपेक्षा अनुसार कसैले पनि आइओएम सुधारका काम गर्नै सकेनन् । कतिपयले पाएनन् कतिपयले पाएर पनि आँटेनन् । जे होस काम हुनै सकेन् ।

    बरु यो अवधीमा आइओएम र टिचिङ अस्पताल डाक्टरहरुले आन्दोलन गर्ने स्थल हो है भनेर परिचित भयो । पछिल्लो चार बर्षको अवधीमा मेरा मित्र प्राडा गोविन्द केसीले आइओएम र टिचिङ अस्पताललाई राष्ट्रिय रुपमा मात्रै होइन अन्तराष्ट्रिय रुपमा परिचित गराउनुभयो ।

    कहिले फलानो डिन हटाउ आन्दोलन,  कहिले फलानो डिन बनाउ आन्दोलन । कहिले फलानो कलेजलाई सम्वन्धन नदेउ आन्दोलन, कहिले फलानोलाई कारबाही गर आन्दोलन ।

    यी सबैमा उहाँलाई विद्यार्थी तथा रेजिडेन्टसको साथ हुन्थ्यो । त्यो भन्दा बढी मिडियाको साथ हुन्थ्यो । खासमा मिडियाले नै उहाँलाई यो स्तरमा ल्याइपुरयाएको हो । तर यतिका आन्दोलन भइसक्दा समेत आइओएममा खासै सुधार हुन् सकेको छैन् ।

    सुन्दा मिठा लाग्ने दर्जनौ माग राख्दै आन्दोलन गरियो र दर्जनौँ सम्झौता भए तर त्यसको कार्यान्वयन भएको जस्तो लाग्दैन् । अथवा कार्यान्वनय भएकै भएपनि खास जनताले त्यसको अनुभूति गर्न पाएको छैन् । बरु आन्दोलनले आफ्नै कलिक्सबीच बिग्रह र फाटो ल्याउने काम गरयो । त्यसैले पनि मैले मेरो कार्यकाल पछिको आइओएमको अवस्था भद्रगोल भयो भन्ने गरेको छु ।

    मैले मेरो कार्यकालमा के के गरे ?

    चारवटा मेडिकल कलेजलाई सम्वन्धन दिएँ :  मेरो कार्यकालमा डिन अहिले जस्तो होइन पूर्ण अधिकारप्राप्त थियो । मैले गर्ने प्रस्तावलाई फ्याकल्टीबोर्डले अनुमोदन गर्दथ्यो अनि सिधै उपकुलपति कार्यालयमा पुग्दथ्यो । आइओएम र उपकुलपति कार्यलयबीच यति हार्दिकता थियो कि हाम्रो प्रस्तावलाई पुग्नासाथ स्वीकृति पाइहालिन्थो ।

    म डिन हुँदा आइओएमले चार वटा नयाँ मेडिकल कलेजको सम्वन्धन दियो । त्यो पनि निर्बिबाद रुपमा । त्यसको कुनै विवाद भएन । सबैभन्दा पहिला काठमाडौँमा एउटा पनि मेडिकल कलेज थिएन त्यसैले किष्ट मेडिकल कलेज दिएँ । दोस्रो चाहि चितवन मेडिकल कलेज । तेस्रोमा गण्डकी मेडिकल कलेज पोखरा दिएँ । चौथोमा नेपाल आर्मी मेडिकल कलेज ।

    त्यो भन्दा अघि हाम्रो खाली तराईमा मात्रै थियो । भैरहवा, बीरगञ्ज , जनकपुरमा मात्रै थियो । त्यसैले मैले भौगोलिकता मिलाएरै नयाँ कलेजको सम्वन्धन दिने निर्णय गरेको हुँ । यस विषयमा अहिलेसम्म कसैले प्रश्न उठाएको छैन । त्यसैले यो निर्विवाद निर्णय हो भन्ने मेरो दावी हो ।

    शैक्षिक कार्यक्रम विस्तार गरेँ : पहिले पोष्ट ग्राजुएटस पीजी तह यहाँ मात्रै थियो । मैरै समयमा मैले पीजी युनिभर्सल मेडिकल कलेज भैरहवा र नेशनल मेडिकल कलेज बीरगञ्जमा गरेँ । अहिले एमडीमा यति मारामार भएको छ ।

    डीएम र एमसीएच महाराजगञ्जलाई दिने निर्णय गराएँ । यो ठूलो उपलव्धी हो । किनभने अव नयाँ पुस्ताका लागि पीएचडी सरहको चिकित्सा अध्ययन यहि उपलव्ध हुने व्यवस्था भयो ।

    टिचिङ हस्पिटलको पूर्वाधारमा विस्तार गरेँ : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको अवधारणा हाम्रै प्रयासमा सुरु भएको थियो र मेरै कार्यकालमा त्यो संचालनमा ल्याइयो ।

    उता भाटभटेनीले बनाइदिएको नयाँ इमरजेन्सी पनि मेरै कार्यकालमा हो । मैले नै भाटभेटेनीका मालिक मिनबहादुर गुरुङसंग सम्झौता गरेको हुँ । त्यसबाहेक गणेशमान भवनको व्लक समेत मेरै कार्यकालमा थपिएको हो । गणेशमानको पूर्णकदको शालिक मैले नै राख्न लगाएको हुँ ।

    त्यतिवेला प्रधानमन्त्री बाबुराम भट्टराई थिए । एक दिनको भेटमा उनले मसंग भने, टिचिङ हस्पिटलमा विपीको नाममा आखा केन्द्र बन्यो , मनमोहनको नाममा मुटुकेन्द्र बन्यो, गणेशमानका नाममा बन्यो अनि जनताको नाममा पनि इमरजेन्सी भवन बन्यो हाम्रो पाटी माओवादीको नाममा पनि एउटा बनाउन परयो भन्नुभयो र उहाँले प्रस्ताव राख्नुभयो सुरेश वाग्ले क्यान्सर सेन्टर,  मैले हुन्छ भने । अनि त्यो पनि अघि बढ्यो हालाकी अहिलेसम्म पुरा भइसकेको छैन् । टिचिङको सबैभन्दा अग्लो भवन त्यहि हो ।

    त्यसयता खास केही भएको छैन् । भएको छैन भन्दा मेरो दाई( प्रकाश सायमी)को पालामा महाराजगञ्ज क्याम्पसको एमबीबीएस सीटसंख्या ६२ बाट बढेर ७५ पुग्यो त्यत्ति हो । म डिन भएको बेलामा कोटा बढाउन निकै प्रयास गरेँ तर स्टुडेन्ट युनियनको चर्को विरोध हुने गर्दथ्यो । त्यसैले बढाउन सकिएको थिएन । दाईको पालामा युनियन थिएन । त्यसैले बढाउन सजिलो भयो ।

    DSC09471

    प्रश्नपत्र बेचेको आरोप लाग्यो :

    मेरा विरोध गर्ने समूहका साथीहरुले पनि अहिले चाहि कुरा गरेको छन रे भन्ने सुन्छु । कि अरुण डिन हुँदा आइओएममा राम्रो काम भएको थियो । तर त्यतिवेला एउटा गज्जबको घटना भयो ।

    म माथि दुई करोडमा प्रश्न पत्र बेचेको आरोप लाग्यो । आन्दोलन भयो । १९ दिनसम्म टिचिङ अस्पताल बन्द भयो । छानवीन समिति गठन भयो तर समितिले मलाई दोशी ठहर गर्ने आधार नै पाउन सकेन् । बरु अर्का जिम्मेबार साथीलाई कारबाही भयो ।

    खासमा त्यतिवेलाको कुरा सम्झिदा हासो लाग्छ । मसंग भेटन आउने सबैजनालाई यो कुरा म आफै सुनाउछु । अरुचिजमा हिनामिना गरयो भन्ने भनेको भए सुहाउथ्यो होला, सम्वन्धन दिँदा खायो , वा भवन बनाउदा खायो भनेको भएपनि हो कि भन्ने हुन्थ्यो होला तर प्रश्नपत्र बेचेको भन्ने आरोप थियो ।

    बास्तवमा त्यो लफडा दुई जना बरिष्ठ पदाधिकारीबीचको झगडाले हावामा बाहिर ल्याइएको आरोप थियो । अहिले त्यसको बास्तविकता सबैले बुझिसके ।

    किन चर्केको थियो त्यतिवेला आन्दोलन ? टिचिङ अस्पताल कांग्रेस समर्थक चिकित्सक कर्मचारीहरुको पहिले देखिनै गड थियो । डा सशांक कोइरालाले राजनीतिक गर्ने थलो समेत यहि थियो ।

    म डिन भएपछि त्यसमा केही नियन्त्रण भयो । गड भएको आफ्नो क्षेत्रमा लगाम लागेपछि स्वभाविक रुपमा मान्छेलाई रिस उठछ । अनि मलाई हटाउन खोजिएको थियो ।

    निहु पाइएको थिएन तर प्रश्नपत्रको काण्ड आएपछि सजिलो भयो आन्दोलन यति धेरै चर्को भयो कि १९ दिन अस्पताल नै बन्द भयो । तर मलाई निकाल्न सकेनन बरु मेरो एक बर्ष कार्यकाल नै थप भयो ।

    आइओएमको डिनको पावर अहिले छैटौ नम्बरमा :

    मैले छाडेपछिको चार बर्षमा प्राडा गोविन्द केसी केसी आठ पटक अनसन बसे । यसले उनी परिचय राष्ट्रिय रुपमै चिनिए । तर उनको आन्दोलनको उपलव्धी मिडियामा आएजस्तो गरि भइसकेको होइन ।

    सुन्दा अत्यन्तै राम्रो लाग्ने तर कार्यान्वयन गर्न निकै अप्ठेरो हुने माग राखेर उनी अनसन बस्छन र सम्झौता समेत गर्छन । त्यहि कारण हो उनका सम्झौताहरु कार्यान्वनयमा नआएका ।

    जे जति कार्यान्वनयमा आउछन् ती आम जनतालाई भन्दा पहुचवालाकै पक्षमा हुन्छ । यो कुरा तलका सर्वसाधारणले नबुझेको हुनसक्छ । र डा केसीको विरोध गर्ने माफियाको कित्तामा पर्ने भएकोले पनि सार्वजनिक रुपमा भन्न सक्दैनन् र चाहदैनन पनि ।

    त्रिविका एक उच्च अधिकारीले यसै साता मसंगको भेटमा आइओएम डिनको पावरको बारेमा कुरा गर्नु भएको थियो । उहाँले भन्नु भएको थियो । यतिवेला आइओएममा एक नम्बरमा डा केसी, दोस्रो नम्बरमा काउन्सिल, तेस्रो नम्बरमा अख्तियार, चौथो र पाँचौ नम्बरमा क्रमश शिक्षा र स्वास्थ्य मन्त्रालय र छैटौँ नम्बरमा बल्ल आइओएमको डिन छ ।

    यो अवस्थामा आएको पनि केसीको आन्दोलनले नै हो भन्छु म । जसले त्रिवि र आइओउमको स्वायत्ततामा नै अफ्टेरो पारेको छ । मेरो पालासम्म आइओएमको डिन केयुका उपकुलपति भन्दा पावरफुल थियो । किनभने मेडिकल कलेज समेत सिधै डिनले निर्णय गर्न सक्थ्यो । केयुमा यस्तो निर्णय गर्न सिनेट बस्नुपर्छ र उसले दिन्छ ।

    डा शशीलाई अन्याय भएकै हो :

    म पछि भएका सबै ६ जना डिनहरु डा गोविन्द केसीसंग जोडिन पुगे । कोहीलाई हटाउन र कोहीलाई राख्न भन्दै डा केसी आमरण अनसनमा बसी रहेँ । त्यसमध्ये मेरो दाईँ डा प्रकाश र डा शशीको चर्चा विशेष रुपमा रहयो ।

    दाईलाई डिन बन्न मनै थिएन जबरजस्ती बनाइएको हो । सिनियारिटीको आधारमा भन्दै बनाएको हो । खासमा सिनियारिटीको आधारमा हुँदा म नै फेरी बन्ने कुरा हुन्थ्यो तर डा केसीहरुलाई त म प्रश्नपत्र बेच्ने व्यक्ति परेँ । त्यसपछि सिनियरको आधारमा दाईँलाई बनाइयो । दाईले मान्नुभएकै थिएन , डिन बनाउछन भनेर मोवाइल समेत स्वीज अफ गरेर बस्नुहुन्थ्यो ।

    तर प्रधानमन्त्री बाबुराम भट्टराईले मै संग आग्रह गरेर दाईलाई बनाउन समस्या सुल्झिन्छ भनेपछि दाई डिन बन्नुहुन्छ भनेर मैले जिम्मा लिएको हुँ । दाईलाई मैले नै कन्भिन्स गरेँर झण्डै १९ महिनासम्म बन्नु भयो पनि । तर दाईका धेरै असन्तुष्ठि थिए । तैले मलाई डिन बनाएर फसाइस भन्दै मलाई गालि गरिराख्नुहुन्थ्यो । म हासिमात्र राख्थे ।

    दाई खुरुखुरु काम चाहिने मान्छे तर त्यतिवेला त्रिवि र आइओएमको सम्वन्ध अत्यन्त बिग्रीएको थियो । एक अर्कामा चरम अविश्वास पैदा भएको थियो । त्यसले गर्दा दाईले राम्ररी काम गर्न पाउनुभएन् । अनि राजिनामा दिनुभयो ।

    त्यसपछि डिनमा आउनुभयो प्राडा शशी शर्मा तर उहाँलाई पनि डा केसीको अनसनको सिकार बनाइयो । रिक्तपदमा त्रिविको नियमन कानून अनुसार नियुक्त भएपनि डा केसीले हुन्न भनेपछि उनलाई त्यतिखेरका सरकारप्रमुख रहेका खिलराज रेग्मीको ठाडो निर्देशनमा बर्खास्त गरिएको हो । एउटा व्यक्तिलाई काम गर्नै नदिई जबरजस्ती मिथ्या आरोप लगाई हटाइएको हो । यसमा जति डा केसीको दोश छ त्यो भन्दा बढी दोश तत्कालिन सरकार प्रमुख रेग्मीको छ ।

    डाक्टर शर्माले आफूलाई गैरकानूनी रुपमा हटाएको भन्दै अदालत गुहारे । तर अहिलेसम्म उनको मुद्धाको छिनोफानो भएको छैन् । सर्बोच्चले गण्डकी मेडिकल कलेज प्रकरणमा मुछिएका ७ जनालाई रिट हालेको भोलिपल्टै आदेश सुनुवाई गर्दै आदेश दिएको थियो । तर बर्ष वित्यो डा शर्माको विषयमा अहिलेसम्म निर्णय हुन सकेन् । यसमा अदालतको समेत अन्याय गरेको हो । किनभने अदालतले पक्ष वा विपक्षमा त निर्णय त गर्नैपर्छ । ढिलो फैसला गर्नुपनि अन्याय हो ।

    बरिष्ठताको मागले पनि डा केसीलाई अप्ठेरो ः

    डा केसीले बरिष्ठताको आधारमा डिन नियुक्ति गर्नुपर्छ भन्दै आउनुभएको छ । तर अहिले त्यो मागले पनि केसी स्वयंलाई अप्ठेरो भएको छ । किनभने बरिष्ठताको कुरा गर्दा एक नम्बरमा त मै छु । उहाँका रोजाईवाला साथीहरु म भन्दा पछि हुनुहुन्छ । त्यसैले डा केसीलाई अप्ठेरो परेको छ ।

    त्यसैले अहिले आरोप लागेका विवादास्पदलाई पुन छानवीन गरि कारबाही गर्ने लगायतका मागहरु थप्नु भएको छ । त्यो भनेको हामीलाई नै लक्षित गरेको माग हो । जसरी पनि मन नपरेका साथीहरुलाई निशेध गर्ने योजना । तर म फेरी पनि भन्छु कसैलाई मन परे वा नपरेर नियम र कानून बदल्न मिल्दैन् ।

    म फेरी पनि भन्छु यदि बरिष्ठतालाई आधार मान्ने हो भने त्यो १ नम्बरबाटै सुरु हुन्छ २ नम्बरबाट होइन् । यदि होइन त्रिवि कानून अनुसार गर्ने हो भने प्राडा शशीको निर्णय छिटो हुनुपर्छ । विधिको शासन स्थापित गर्नुपर्छ ।


    Facebook Comment


    थप समाचार