उच्च रक्तचाप (ब्लड प्रेसर)का बिरामीले के-के कुरामा ध्यान दिने ? डा. अनिल भट्टराईको सुझाव

- नेपाली हेल्थ
dr. anil bhattarai
डा. अनिल भट्टराई, बरिष्ठ मुटुरोग विशेषज्ञ

सकेसम्म उच्चरक्तचाप (ब्लड प्रेसर) हुने अबस्था आउनु नदिनुनै राम्रो हो । तर ब्लड प्रेसर भईहाल्यो भने त्यसको व्यवस्थापन सबै भन्दा महत्वपूर्ण कुरा हुन्छ । किनभने प्रेसरका बिरामीले गर्ने ससना गल्तिले जटिल समस्या निम्त्याउन सक्छ । यसै सन्दर्भमा आज हामीले बरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईसंग अपनाउनुपर्ने साबधानीका बारेमा सल्लाह मागेका थियौँ । हेरौँ डाक्टर भट्टराईले दिएको सुझाव :

मुटुरोग विशेषज्ञको सल्लाह लिने र सोही अनुसार चल्ने : ब्लडप्रेसर देखिएको खण्डमा सबैभन्दा पहिले मुटुरोग बिशेषज्ञलाई भेटनुपर्छ । उनीहरुले दिएको सल्लाह अनुसार चल्नुजरुरी छ । औषधि खाने कि नखाने कि ? आदि बारेमा जानकारी लिनुपर्छ ।

म कहाँ आउने कतिपय बिरामीहरुले नियमित औषधि खान झ्याउ मान्ने गरेको पाएको छु धेरैजनाले सोध्नुहुन्छ औषधि सधैलाई खानुपर्छ भनेर ? मैले सबैलाई भन्छु प्राय जसो पर्छ र पर्न सक्छ । र औषधि खाएर तपाईँलाई बेफाइदा हुँदैन बरु नखाँदा चाहि बेफाइदा हुन्छ । त्यसैले सबैभन्दा पहिले सल्लाह लिनुपर्छ । र प्रेशर छ भने नियन्त्रण गर्नैपर्छ ।

प्रेसर नियन्त्रणमा आएन भने के के घाटा हुन्छ ?

  • अंगभंग हुनसक्छ : प्रेशर कन्ट्रोल भएन भने मिर्गौला फेल हुनसक्छ । यदि फेल भयो भने त्यसको असर आफूलाई त हुने नै भयो घरपरिबारका अन्य सदस्यलाई समेत हुन्छ । औषधि उपचारमा ठूलो धनराशी खर्च हुन्छ ।
  • ब्रेन हेमरेज हुनसक्छ :  व्लड प्रेसर कन्ट्रोल भएन भने कहिलेकाही दिमाखको नशा फुटेर हेमरेज हुनसक्छ । मस्तिस्कघात र पक्षघात हुनसक्छ । त्यो पनि जिन्दगीभरका लागि समस्या हो ।
  • हृदयघात हुनसक्छ : राम्रोसंग व्लडप्रेसर कन्ट्रोल भएन भने हृदयघात ( हार्ट अट्याक) हुनसक्छ । यसले मानिसको तत्काल मृत्यु पनि गराउन सक्छ

यी बाहेक अन्य धेरै समस्याहरु निम्त्याउन सक्छ तर यो तीनवटा प्रमुख समस्या हुन् । यस्ता किसिमका गम्भीर स्वास्थ्य समस्या हुनको लागि पनि प्रेसरका विरामीले नियमित रुपमा औषधि खान जरुरी छ ।

कोलेस्टेरोल परीक्षण गराउनुपर्छ र नियन्त्रणको जरुरी छ : हुन त कोलेस्टोरोलको परीक्षण गर्ने मापदण्ड फरक फरक हुन्छ । तर हामीले समग्रमा भन्नुपर्दा कोलेस्टोरोल १५० देखी २०० को बीचमा रहेमा नर्मल मानिन्छ । २०० भन्दा माथि भयो भने त्यो कन्ट्रोल गर्नुपर्ने अवस्थामा पुगेको मानिन्छ ।

यसलाई खानपान र व्यायममा ध्यान दिएर घटाउन जरुरी हुन्छ । तर फेरी पनि भन्छु हरेक ल्याव टेष्टको आफ्नो रेन्ज हुन्छ र प्रायजसो १५० देखी २०० बीचमा हुनुपर्छ ।

heart attack with sex

खाना र व्यायम गरेर कोलेस्टेरोल घटाउनुपर्छ :  प्रेसरका विरामीले कोलेस्टेरोल घटाउन जरुरी छ । त्यसको लागि नियमित शारीरिक व्यायम, बोसोजन्य खानेकुरा, चिल्लो खानेकुरा नियन्त्रण गर्नुपर्छ । विशेषगरी रातोमासु खानु भएन , सेतो मासु खानुपरयो , माछा खानु परयो , तरकारी र फलफुलहरु बढी खानुपरयो ।

नियमित व्यायम भनेको दैनिक वा एक दिन बिराएर भएपनि कम्तीमा आधा देखी एक घण्टा व्यायम गर्नुपर्छ । खेले पनि भयो , दौडिए पनि भयो, जीम गए पनि भयो तर व्यायम गर्दा मज्जाले पसिना आउनुपर्छ । आजकल के भन्ने गरिएको छ भने हप्तामा लगभग २ हजार किलो क्यालोरी घटाउन सकियो भने त्यो प्रभावकारी व्यायम मानिन्छ ।

चुरोट खाने बानी छ भने तत्काल बन्द गर्नुपर्छ : चुरोट सेवन हृदयघात गराउने प्रमुख कारक तत्व मध्ये पर्दछ । चुरोटले नसा वा रक्त नलिमा साघुरयाउन छिटो मद्धत गर्छ । चुरोटमा हुने रसायनले त्यो भित्रको लियर फर्मेसनमा छिटो गराउन मद्धत गर्छ । मुटुको नलि अरु नलिभन्दा छिटो बन्द हुन्छ । किनभने तिनीहरु चाहि मुटुको नलि चाहि आर्थिरोस क्लिारोटिक प्रोसेस भन्छ बोसो बन्ने प्रक्रिया अरु नलि भन्दा छिटो हुन्छ ।

मोटोपनाको नियन्त्रण हुनुपर्छ : प्रेसरका विरामीले मोटोपनालाई नियन्यणमा राख्नुपर्छ वा घटाउदै लैजान पर्छ । त्यसमा खानपान र जीवनशैलीकै प्रमुख भूमिका हुन्छ । त्यसका लागि बोसोजन्य खानपीन पूर्णरुपमा रोक लगाउनुपर्छ । त्यस्तै कार्वोहाइड्रेड कम गर्ने । त्यो भनेको भात आलु गुलियो चिजहरु कम गर्नुपर्छ ।

मधुमेह समेत भएका बिरामीले विशेष सावधानी अपनाउनुपर्छ : सामान्य त ३.५ देखी ५.५ लाई नर्मल अवस्था मानिन्छ । त्यो पनि व्यक्तिको अन्य रोगको अवस्थाले निर्धारण गर्छ । त्यस्तै फास्टिङ ११०/१२० को अनुपातमा हुनुपर्छ । पीपी १४० भन्दा तल हुनु पर्छ । यदि प्रेसरको विरामीलाई सुगर कन्ट्रोल भएन भने मिर्गौलामा छिटो खरावी आउन सक्छ । हृदयघातको सम्भावना एकदमै बढी हुन्छ । मस्तिस्कघात पनि हुनसक्छ ।

टेन्सनमुक्त जिन्दगी हुनु जरुरी छ : प्रेसरका विरामीले तनावमुक्त जिन्दगी हुनुपर्छ । किनभने तनाव हुने वित्तिकै हार्टरेट बढ्छ । मुटुले रगत फ्याक्ने मात्रामा बढी आउछ । यसले समस्या निम्त्याउछ ।

प्रेसरको रेट कति हो ?
सामान्य त ११० देखी १४० सम्म सिस्टोलिक हुनुपर्छ । डायस्टोलिक ७० देखी ९० भन्दा कम हुनुपर्छ । औषधि नियमित खानुपर्छ छोडन परयो घटाउन परयो भने चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । नियन्त्रणमा आयो भन्दै आफै घटाउने काम कहिल्यै गर्नुहुदैन् ।

# मनमोहन कार्डियोथोराकिस, भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका डा. भट्टराईलाई ग्रीनसिटी हस्पिटल बसुन्धरामा पनि भेटन सकिन्छ ।


Facebook Comment


थप समाचार