डा. केसी शनिबार बालुवाटार अगाडी उभिने

dr kc press meet

काठमाडौँ, १ भदौ – नयाँ सरकार बनेको तीन हप्ता बितिसक्दा समेत आफ्ना मागका विषयमा चासो नदिएको भन्दै डा. गोविन्द केसीले आगामी शनिबार (४ भदौ) प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गर्ने भएका छन् ।

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको नेतृत्वमा हुने प्रदर्शनमा डा केसीले स्वयं उपस्थित भई प्रधानमन्त्री निवास अगाडी उभिने बताएका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले आठौँ अनसन तोड्ने बेलामा सरकारी अधिकारीहरुले तत्काल माग पुरा गर्ने आश्वासन दिएको तर अहिले नयाँ सरकार गठन भएको झण्डै तीन महिना भईसक्दा समेत वास्ता नगरेकोले दवाव दिन बाध्य भएको बताए ।

त्यसो त डा केसीले यसअघि २९ साउनमै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी हालसम्म सरकारसँग भएका आफ्ना सम्झौता र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको छ बुँदे मागपत्र बुझाईसकेका छन् ।

आठौँ अनशनको १६औँ दिनमा साउन ९ गते सरकार र डा केसीबीच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा केसीको आरोप छ ।

बुधबारको सम्मेलनमा अधिकांश समय अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध खर्चेका केसीले उनी माथि कारबाही नहुँदा सम्म आन्दोलन नरोकिने बताए । उनले अहिले खाएर सर्घष गर्ने र त्यसले केही नभए पुर्न सत्याग्रहको बाटो अंगाल्ने बताए ।

अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले तीन मुख्य दलमध्ये माओवादी केन्द्रका नेताहरु अख्तियार प्रमुखलाई जोगाउन खोजेको र यहिबेला सोही पार्टीका प्रधानमन्त्री र सभामुख समेत भएकोले दवाव दिन बालुवाटार घेराउ गर्न लागेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *