‘स्क्रब टाइफस’ परीक्षण गर्न कीटको अभाव

tipas

चितवन, १ भदौ – चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ ।

स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ ।

जिल्लामा चितवन मेडिकल कलेजमा मात्रै यसको परीक्षण हुँदै आएकोमा मङ्गलबरदेखि उक्त कलेजमा समेत कीट अभाव भएको सञ्चालक डा दयाराम लम्सालले जानकारी दिए ।

चितवनको कलेज अफ मेडिकल साइन्सेजमा आइसियुमा उपचाररत सीता ढुङ्गानाको स्क्रब टाइफसको आशङ्कामा चिकित्सकले परीक्षणका लागि रगत चितवन मेडिकल कलेजमा पठाएका थिए ।

तर कलेजले कीट अभाव भएको बताएपछि बिरामीका आफन्त विदुर ढुङ्गाना त्यसै फर्किनुभयो । उनले परीक्षण नहुँदा समस्या भएको बताए । सरकारी तहबाट यहाँ कीट उपलब्ध हुन सकेको छैन भने अन्य अस्पतालमा समेत कीट आएको छैन ।

चितवनको भरतपुर अस्पतालमा समेत पटकपटक आग्रह गर्दा कीट ल्याउने विषयमा कुनै सुनुवाइ नभएको एकजना चिकित्सकको भनाइ छ । नेपालमै सबैभन्दा बढी उक्त रोगको सङ्क्रमण चितवनमा देखिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी चितवन मेडिकल कलेजबाहेक अन्त परीक्षण नभएको बताउँछन्।

उनले अब जिल्लामा नभएपछि काठमाडौँ टेकु जानुपर्ने बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो वर्ष चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले वैशाखदेखि अहिलेसम्म चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको जानकारी दिँदै अन्य ६७ जनामा सङ्क्रमण देखिएको बताए।

यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई जना बिरामीको मृत्यु भएको तथ्याङ्क छ ।

नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिकरुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिए।

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *