त्रिवि शिक्षण अस्पताल भित्रको ‘स्मोकिङ जोन’को विषयमा ‘हेल्लो सरकार’ले देखायो चासो

smoking 1

काठमाडौँ, ३२ साउन – त्रिवि शिक्षण अस्पतालको नाक कान घाटी रोग विभागको माथिल्लो तल्लामा बनाइएको स्मोकिङ जोन विषयको समाचार प्रकाशित भएको एक महिना ४ दिन पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय चासो देखाएको छ । नेपाली हेल्थले डा. केसीको अनसन र डाक्टरहरुको ‘स्मोकिङ जोन’ एउटै तल्लामा !  शिर्षकमा गत २६ असारमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएको एक सातासम्म पनि अस्पताल प्रशासनले चासो नदेखाएपछि सरकारलाई गुनासो गर्ने निकाय हेल्लो सरकारमा उजुरी परेको थियो ।

तर हेल्लो सरकारले उजुरी दिएको एक महिना पछि चासो देखाउदै आवश्यक कारबाहीका लागि शिक्षा मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ । मंगलबार शिक्षामन्त्रालयका गुनासो सुन्ने अधिकारी राजन निरौलालाई सम्पर्क गर्दा उनले बुधाबार मात्रै पत्र पठाउने बताए ।

डा गोविन्द केसीले सातौ र आठौ अनसन बसेकै तल्लामा रहेको यो वेथिति कहिले अन्त्य हुन्छ । नेपाली हेल्थले यसको निरन्तर फलोअप गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *