महिनावारीका बेला हुने दुखाई कसरी कम गर्ने ?

dr chanda karki
डा. चन्दा कार्की, बरिष्ठ स्त्रीरोग विशेषज्ञ

पेनकिलर सेवन नगरौँ :

महिनावारीका बेला पेट दुख्नु एक स्वभाविक प्रक्रिया हो । यस्तो बेलामा हुने पीडामा आत्तिनु हुँदैन् । र हतारमा पेनकिलर सेवन गर्नु हुँदैन् । दुखाईँ हटाउन प्रयोग हुने पेन किलरले अन्य असर गर्न सक्छ ।

तपाईँहामीले के विर्सनु हुँदेन भने पाठेघर निकै संवेदनशील अंग हो । यसलाई जोगाउन अनावश्यक औषधिको प्रयोग गर्नु हुँदैन् ।

तातो पानीले सेकौँ  :

दुखाई बढी रह्यो भने घरेलु उपाय पनि अपनाउन सकिन्छ । त्यसमा सबैभन्दा महत्वपूर्ण उपाय मनतातो पानीले सेक्ने नै हो । त्यस्तै मनतातो पानीले नुहाउँदा महिनावारीको पीडा विस्तारै कम हुन थाल्छ ।

तल्लो पेटमा हटब्यागले सेक्न पनि सकिन्छ । हटब्याग उपलब्ध छैन भने प्लास्टिकको बोटलमा मनतातो पानी राखी सुतीको कपडामा बेरेर सेक्न सकिन्छ । ५–६ घन्टापछि दुखाइ कम हुँदै जान्छ र आँफै ठीक हुन्छ ।

यस्तो गल्ती नगरौँ :

महिनावारीका बेला पेट दुख्ने मुख्य कारक महिला आफैले गरेका गल्तीका कारण हुने गरेको पाइन्छ । जानाजान गरिने यस्ता केही गल्ती सच्याउन सक्ने हो भने अधिकांश महिलाले महिनावारीको दुखाई कम गर्न सक्छन् ।त्यसका लागि उचित खानपान र नियमित कसरत गर्नुपर्छ ।

जंकफुड नखाने, फलफुलमा जोड दिने, नियमित व्यायम गर्ने हो भने महिनावारीका बेला हुने पिडा कम गर्न सकिन्छ । अहिलेका किशोरीहरु बढी जंक फुडमा रमाउने भएकाले महिनावारीका वेला पेट दुख्ने समस्या धेरै देखिने गरेको छ । फलफूल सेवनमा जोड गर्नुपर्छ । नियमित हिँड्डुल र व्यायम गर्नुपर्छ ।

pain-600x330

तर दुखाई हटेन भने चिकित्सककोमा जाऔँ :

खानपान र व्यायममा पनि ध्यान दिएको छ, पेट दुख्दा घरमै साधारण उपाय पनि अपनाएको छ, तर दुखाइ लामो समयसम्म कायम रह्यो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

जटिल अवस्थामा पनि पेनकिलर भने सेवन गर्नु हुँदैन । दैनिक प्रक्रिया नै असहज बन्ने, रातभर निद्रा नलाग्नेजस्ता समस्या हुनुका पछाडि केही जटिल कारण हुन सक्छन् ।

पाठेघरको मुख सानो भएर पनि दुख्न सक्छ :

पाठेघरको मुख सानो भएमा या पाठेघरको मुखमा मासु पलाएमा दुखाइ बढी हुन सक्छ । कतिपयलाई सानो अपरेसन गरेर पाठेघरको मुख खोल्नुपर्ने हुनसक्छ । मुख सानो भएको पाठेघरबाट सहज तरिकाले रगत बाहिरिन नसक्ने भएकाले दुख्ने गर्छ ।

पाठेघरमा मासु पलाएको तथा अन्य संक्रमण भएको अवस्था छ भने अवस्थाअनुसार उपचार गर्नुपर्छ । मासु पलाउने तथा संक्रमण हुने समस्या विवाहिता महिलामा बढी देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *