ठमेल क्षेत्र पनि ‘नो स्मोकिङ जोन’ ?

no smoking public place

काठमाडौँ, ३२ साउन – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमा धूमपान गर्न निषेध लेखिएको व्यानर टाँगिएको छ । यद्धपी यसको कार्यान्वयन भने राम्ररी भइसकेको छैन् ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थानमा धूमपान गर्न पूर्ण रुपमा रोक लगाएको छ । तर त्यसको पूर्ण कार्यान्वयन अझै भएको छैन् ।

पर्यटकहरुको चहलपहल गर्ने ठमेलको नर्सिङ चोकमा टाढैबाट देखिने गरी अंग्रेजी अक्षरमा सार्वजनिक स्थानमा धूमपान निषेध भन्ने सन्देश दिने ठूलो व्यानर टागिएको छ । नर्सिङ चोक, चाक्सिबारी सब कमिटीले बनाएको व्यानरमा गाडीको गति सिमित राख्न तथा हर्न नबजाउन समेत भनिएको छ ।

स्थानीय व्यापारी दीपक श्रेष्ठ भन्छन्, ‘कम्तीमा यो पढ्ने पर्यटक त सजक हुन्छ । त्यसैले टाँगेका हौँ ।’ पछिल्लो पटक काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा युवाक्लव, टोलसुधार समिति , सामुदायिक प्रहरी तथा जागरुक महिला समूहका नाममा यस्ता धूमपान निशेषेधित क्षेत्र लेखिएका व्यानरहरु टागिएको देख्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *