मदिरा सेवन गरी गाडी चलाउने उच्च शिक्षा मन्त्रीद्धारा राजिनामा

बीबीसी – मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् ।

२९ वर्षीया आइदा मन्त्रिपरिषदमा  सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् ।suden उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् ।

तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् ।

यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् । डेनमार्क र स्वीडेन जोड्ने पुलमा रोकिनुअघि उनले दुई ग्लास वाइन पिएको जनाइएको छ ।

परीक्षणपछि उनको रगतमा अल्कोहलको मात्रा ०.२ प्रो मिलि भएको फेला परेको थियो । यसका लागि उनले ६ महिनाको जेल सजाय पाउन सक्छिन् ।

कोपेनहेगेनमा दुई ग्लास वाइन पिएको चार घण्टापछि उनी स्वीडेन फर्किएकी थिइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *