नर्सहरुलाई परिषद्को चेतावनी, ‘लाइसेन्स विना काम गर्दा फन्दामा परिएला !’

काठमाडौँ, ३० साउन – नेपाल नर्सिङ परिषद्ले लाइसेन्स लिएर मात्रै सेवामा प्रवेश गर्न नर्स तथा अनमीहरुलाई आवहान गरेको छ । परिषद्ले लाइसेन्स लिइसकेका नर्स तथा अनमीहरुलाई तोकिएको अवधी पार गर्नासाथ नविकरण गर्न समेत सुझाव दिएको छ । नर्स तथा अनमीले लाईसेन्स लिएको ६ बर्षपछि नविकरण गर्नुपर्छ ।

परिषद्ले आइतबार सूचना जारी गर्दै यदि लाइसेन्स विना कुनै पनि नर्स तथा अनमीले काम गरेको वा गराइएको पाइएमा सम्वन्धीत व्यक्ति तथा सरोकारवालालाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ अनुसार कारबाही हुने समेत स्पष्ठ पारेको छ ।

त्यस्तै परिषदले छोटो अवधीको लागि सरकारी तथा गैरसरकारी संस्था तथा अस्पतालहरुमा काम गर्न आउने नर्सहरुलाई पनि अस्थायी लाइसेन्स लिएर मात्रै काम गर्न भनेको छ । विदेशी नर्सहरुलाई अन्तर्वार्ता लिई अस्थायी प्रमाणपत्र दिने व्यवस्था रहेको भन्दै परिषदले स्वयंसेवी काम गर्न आउने विदेशीहरुलाई समेत सो प्रक्रियामा सहभागी हुन भनेको छ ।

परिषद्बाट हालसम्म ३८७५९ जना नर्स र २५हजार ७७८ जना अनमीले लाइसेन्स लिएका छन् । तर नविकरण गर्नेको संख्या भने अत्यन्त न्युन छ । अहिले १० हजार ५९८ जना नर्स र ५ हजार १४२ जना अनमीले लाइसेन्स नविकरण गराएका छन् । परिषद्को रेकर्डमा हालसम्म ८१८ जना विदेशी नर्सले अस्थायी लाइसेन्स लिएको देखिएको छ ।

परिषद्की अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले कतिपय ठाँउमा लाइसेन्स नलिएका नर्स तथा अनमीहरुले काम गरिरहेको सुन्नमा आएको तथा कतिपय लामो समय देखि लाइसेन्स नविकरण नगरेको पाइएकोले सूचना निकालिएको बताइन् । उनले नर्सिङ पेशालाई मर्यादित र व्यवस्थि तगर्न परिषदले काम गरेको जनाइन् ।

‘भोलेन्टियरका नाममा कतिपय विदेशीले सिधै आएर काम गरेको, कतिपय नर्सले लाइसेन्स नै नलिई काममा लागेको कतिपयले अवधी सकिएको लामो समयसम्म लाइसेन्स नविकरण नगरेको पाइएको छ । यसलाई हामी व्यवस्थित गर्न लागेका हौँ ,’  नेपाली हेल्थसंग उनले भनिन् ।

nursing 1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *