अब दाँतको उपचार गाउँगाउँमा

रसुवा, ३० साउन –  दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिएपछि अबदेखि ग्रामीणवासीलाई दाँतको उपचार सेवा दिन सहज भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी नेपाल र स्वास्थ्य तथा विकास समाजको सहयोगमा स्वास्थ्य प्राविधिकलाई दुईहप्ते दन्त शिविरमा प्रशिक्षण दिई तालिम प्रशिक्षणका क्रममा २३० जना नवतालिमे स्वास्थ्य प्राविधिकद्वारा सेवा प्रदान भइसकेको र यस्तोखाले प्रशिक्षण पहिलोपटक स्वास्थ्यकर्मीमा दिइएको बताइएको छ ।

दाँतको उपचार गर्न काठमाडौँ जानुपर्ने समस्याको अन्त्य भएको बताउँदै तालिमका सहभागीहरुले आफूले सिकेको सीपबाट गाउँमा रहेका स्वास्थ्य चौकीमार्फत दाँत फुकाल्ने, भर्ने र सफा गर्न सहज रुपले सेवा दिन सकिने क्षमताको वृत्तिविकास भएको बताएका छन् ।

तालिम एवम् प्रशिक्षण पश्चात् दाँत उपचारका क्रममा प्रयोग हुने कुर्सीसमेत एक–एकवटा वितरण गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *