पहाड चढ्यो कालाजार ! पाल्पामा भेटियो ६ वटा केश

पाल्पा, २९ साउन – जिल्लामा पछिल्ला दुई वर्षको अवधिमा कालाजारको बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा महामारीका रुपमा रहेको कालाजारको जीवाणु यसवर्ष पाल्पाका छ जना बिरामीमा भेटिएको छ । अघिल्लो वर्ष तीन जनामा कालाजारको जीवाणु भेटिएको थियो ।

पाल्पाका मानिस तराईमा बसोबास गर्ने र आफन्तका घरमा आवतजावतले गर्दा कालाजारका बिरामीको सङ्ख्या बर्सेनि बढ्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेढ वर्षअघि रुप्सेमा दुई र गेझामा एक जना बिरामीमा कालाजारका जीवाणु भेटिएको थियो । यो वर्ष मस्याम, दोभान, देउराली, सत्यवती, हुँगी र पीपलडाँडामा एक-एक जना गरी छ जना कालाजारका बिरामी फेला परेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार कालाजारका बिरामीलाई तीव्र ज्वरो आउने, छालामा कालो दाग देखिने, वान्ता हुनेलगायत लक्षण देखिन्छ । युनाइटेड अस्पताल मिसन र लुम्बिनी मेडिकल कलेजमा कालाजार रोगको परीक्षण र उपचार हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाशङ्करप्रसाद चौधरीले बताए।

बढ्दो गर्मी, प्रदूषण, बसाइँसराइ, स्याण्डफ्लाइ भुसुनाको टोकाइबाट कालाजार सर्न सक्ने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *