यी हुन् गर्मी मौसममा छालालाई घामबाट बचाउने उपाय

beauty

गर्मी समयमा बाहिर निस्कनु भन्दा आधा घण्टा अगाडी सन्स स्किन लगाउने । प्रत्येक २/२ घण्टामा रिप्लाई गर्ने । बाहिर निस्कदा साथमा सनस्किन, सनग्लास र स्काफ्र साथमा लिएर हिड्ने । हात खुटामा पनि सनब्लक लगाउने । मोइस्चराइजर प्रयोग गर्ने हो भने वाटर बेस भएको प्रयोग गर्ने । सधैं घाममा हिड्दा छाता लिएर हिड्ने । पानी बढी मात्रामा पिउने । फलफूल , दही, जुस बढि प्रयोगमा ल्याउने । तरकारीमा हरियो साग सब्जी बढि खाने ।

फेशियल, क्लिनजिंग, मेनिक्येर, पेडिकेयरलाई आफ्नो रुटिनमा समावेश गर्ने । फेसियल गर्दा नेचुरल तथा हर्बल फेशियल गर्ने । गर्मी मौसममा हप्ताको दुइृ पटक फलफूलको गुदिलाई १५ मिनेट लगाउने र सफा पानीले धुने । यसो गर्नाले अनुहारमा चमक आउनुको साथ साथै सुख्खा हुन दिंदैन । साथै शितलताको अनुभव गराउँछ ।

यदि स्किन सन बर्न भएमा हप्ताको एकपटक चन्दन पाउडर र काँचो दुध मिक्स गरी १५ मिनेत प्याक बनाएर लगाउने । यदि घामवाट पिग्मेन्टेसन भएको छ भने दही वा दुध र बेसन मिक्स गरि लेप लगाउने । काँचो, मेवाको गुदि लगाउने । कात्रोको जुस, बन्दाकोभिको रस लगाउने ।

यदि छाला एकदम चिल्लोपना छ भने अमिलो फलफूलको रस लगाइदिने ।चिल्लो अनुहारमा जेल बेसको फेस वासले मुख धोइ मुलटानी माटो र दुध मिक्स गरि लेप लगाउने । साथै गर्मीमा हरेक दिन माइल्ड स्क्रब गर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *