७५ बर्ष माथिका बृद्धबृद्धालाई र अपाङ्गलाई बीरमा उपचार नि:शुल्क तर सेवाग्राही न्युन

काठमाडौँ, २७ साउन – ७५ बर्ष माथिका जेष्ठ नागरिक तथा अपांङ्गलाई छुट्टै युनिट खडा गरि बीर अस्पतालले उपचार सेवा निशुल्क गरेको तीन बर्ष भइसक्यो । तर सो युनिटमा आई निशुल्क उपचार लिने विरामीको संख्या निक्कै कम छ । दैनिक पन्ध्रसय देखि दुई हजार विरामी पुग्ने बीरमा जेष्ठ नागरिक भने झण्डै १० देखि १२ जना मात्रै पुग्छन् ।bir jestha nagarik copy

बुढेशकालमा धेरै विरामी पर्छन्, लाइन लाग्न सक्दैनन र माथिल्लो तलामा जान पनि सक्दैनन भनेर बीरले तीन बर्ष अघि देखिनै अस्पतालको इमरजेन्सी छेउमा (भुईतल्ला) जेष्ठ नागरिक तथा अपाङ्ग बहिरंग सेवा सुरु गरेको थियो । बीचमा केही समय बन्द भएपनि अहिले सेवा जारी छ ।

‘सेवा लिन ७५ बर्ष उमेर पुगेका व्यक्तिले आफ्नो उमेर खुल्ने कुनै परिचयपत्र लिएर आए हुन्छ,’ इमरजेन्सी तथा जेष्ठनारिक बहिरंग सेवा प्रमुख डा. केदार सेन्चुरीले बताए । उनले जाँच तथा अधिकांश ल्याव टेष्ट निशुल्क भएको तर केही केही जाँच भने सहुलियत दरमा हुने गरेको बताए ।

डा. सेन्चुरी पनि बृद्धबृद्धा अपेक्षा अनुसार कम आइरहेको बताए । ‘निकै बढी हुनुपर्ने थियो आउनु भएको छैन् । तर खाली भने होइन हामीलाई त काम पुगेकै छ,’ उनले भने । कतिपयलाई अहिले पनि निशुल्क बारे थाह नभएर यस्तो भएको हुनसक्ने उनले बताए ।

प्रेसर, सुगर, हाडजोर्नी, बाथ, दाँत, आँखा, छाती दुख्ने लगायतका समस्याहरु लिएर बृद्धबृद्धा आउने गरेको डा. सेन्चुरीले बताए । उनले जेष्ठ नागरिक बहिरंग सेवामा परीक्षण पछि थप उपचार गर्नुपरेमा सम्वन्धीत रोगका उपचार युनिटहरुमा रिफर गरिदिने गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *