पाइप बगाउँदा दूषित पानी पिउन बाध्य

बैतडी, २७ साउन –  पहिरोले खानेपानी पाइप बगाउँदा जिल्लाको रुद्रेश्वर, डिलाशैनी र दुर्गम तल्लोस्वराडका स्थानीय बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।

रुद्रेश्वर–५ ठूलासैनीमा लगातारको पानीसँगै आएको पहिरोले गतहप्ता खानेपानीको पाइप लाइन बगाएपछि गाउँमा खानेपानीको समस्या भएको हो ।

पाइपलाइनको तीनचार ठाउँमा पहिरो जाँदा रुद्रेश्वरको वडा नं ५ ठूलासैनीका १४ परिवार र डिलाशैनी वडा नं ६ का २० परिवारलाई खानेपानीको समस्या भएको स्थानीयवासी शिवसिंह धामीले जानकारी दिए । े भने– “खानेपानीको पाइप पहिरोले बगाएपछि खोलाको दूषित पानी पिउन बाध्य भएका छौँ ।”

यस्तै, जिल्लाको दुर्गम उदयदेव गाविसमा वडा नं ७ मा रहेको मट्याल खानेपानी आयोजना बन्द हुँदा स्थानीय बासिन्दालाई खानेपानीको समस्या भएको हो ।

गएको जेठ १२ गते परेको अविरल वर्षाका कारण खानेपानीको पाइप बगाएको स्थानीयवासी नारायणसिंह मेहताले बताए । खानेपानीको पाइप बगाउँदा सो ठाउँका ३५ परिवारलाई समस्या परेको छ उले भनेन – “अहिले नदीको दूषित पानी पिउन बाध्य भएका छौँ ।”

खानेपानी अवरुद्ध भएको बारेमा सरोकारवाला निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको मेहताको आरोप रहेको छ । सो ठाउँमा गत वर्ष जिविसको निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत रु दुई लाखको लागतको सो खानेपानी योजनाको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

यसैगरी, सिद्धपुर गाविस वडा नं ६ मा रहेको कालिका माविमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छोडेपछि समस्या भएको छ । विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको विद्यालयका प्रधानाध्यापक नरबहादुर कुँवरले जानकारी दिए।

विद्यालयमा आउने पानी बन्द भएपछि विद्यार्थीलाई पिउन र शौचालय जान समस्या भएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *