१८ छात्रा बेहोस भएपछि विद्यालय बन्द

बैतडी, २७ साउन – विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए।

एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने – “छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।” छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *