निःशुल्क शिविरमा एकहजारको उपचार

भक्तपुर, २६ साउन – मध्यपरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया नेपालमैत्री अस्पतालले तीनदिने निःशुल्क वृहत अकुपञ्चर स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कोरिया नेपालमैत्री अस्पताल र मोस कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको उक्त शिविरमा एक हजार जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच एवम् उपचार गर्ने लक्ष्य रहेकोे अस्पतालका निर्देशक डा डिके रोशनले जानकारी दिए ।

क्लिनिकका प्रमुख डा युक मोम्स्को नेतृत्वमा कोरियाबाट आएका ३६ जनाको टोलीले दैनिक ३०० जनाको स्वास्थ्य परीक्षण गर्ने र निःशुल्क औषधि वितरण गर्ने जानकारी दिए ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै उनले शिविरले दुई देशबीचको सम्बन्ध एवम् भातृत्व कायम गर्न भूमिका खेलेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *