इन्डोस्कोपिक प्रबिधिबाट स्वास नलिको शल्यक्रिया

काठमाडौँ, २४ साउन – धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रबिधि र इन्डोस्कोपिक प्रबिधि प्रयोग गरी पहिलो पटक स्वास नलिको शल्यक्रिया भएको छ ।

अस्पतालका नाक कान घाँटी बिभागका चिकित्सकहरु डा.प्रकाश काफ्ले र डा. आनन्द घिमिरेको टोलीले तनहुँका २४ बर्षिय युवक श्रीप्रसाद तिवारीको साँघुरीएको स्वास नलीको शल्यक्रियाकोवलेसन प्रबिधिबाट गरेका हुन् । शल्यकृयामा एनेस्थेसिया बिभागबाट डा. मुरारीराज उप्रेति र डा अर्चन अधिकारीले साथ दिएका थिए ।

OT Pic

चिकित्सकहरुले अत्यात्धुनिक दूरबिन (इण्डोस्कोप) र कोबलेटर (आधुनिक यन्त्र)को प्रयोगबाट स्वास नलिको साँघुरीएको भाग (स्टेनोटिक पार्ट) लाई हटाएर सो ठाँउमा शल्यकृया पछि पुनः साँघुरो नहोस भनी प्रयोग गरीने बिशेष नली – स्टेन्ट (मोन्टोगोम्यारी ट्यूव) को प्रतिस्थापन गरेका थिए । यस्तो प्रविधिबाट गरिएको यो नेपालकै पहिलो शल्यक्रिया भएको अस्पतालको दावी छ ।

सडक दुर्घटनामा घाइते भएका तिवारीको लामो समयसम्म सघन उपचारमा रहँदा स्वास नली (ट्रयाकिया) साँघुरीने समस्या (सव ग्लोटिक स्टेनोसिस) भएको थियो ।

कोवलेसन प्रबिधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यकृयाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने, रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने चिकित्सकहरुको ठहर छ । यो प्रबिधि टन्सिल, नाक भित्र मासु बढेको (एडेनोइड) र निन्द्रामा घुर्ने समस्या (स्नोरिङ) को शल्यक्रियाबाट उपचार र स्वर यन्त्रको शल्यकृया लगायतमा उपयोगि रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *