अस्पतालमा विस्फोट हुँदा मर्नेको संख्या ९३ पुग्यो , ५६ जना गम्भीर घाइते

इस्लामावाद (पाकिस्तान), २४ साउन –  पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या साँझसम्म ९३ पुगेको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् ।

उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष समेत रहेका वरिष्ठ वकील बिलाल अन्वार कसीको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।

TOPSHOT-PAKISTAN-UNREST-SOUTHWEST

उनी सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए ।

आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान मारिएपछि शोक प्रकट गर्न जम्मा भएका वकील तथा समाचार संकलनका लागि पुगेका कैयौं पत्रकारहरू घाइते भएका छन् ।

स्थानीय उर्दू च्यानल एरी न्युजले मृतक ५६ जनामध्ये २५ जना वकील र दुई जना पत्रकार रहेको बताइएको छ । घाइते हुनेमा समेत केही वकील तथा पत्रकार गरी ५६ जना रहेका बताइएको छ ।

पाकिस्तानको बलुचिस्तान राज्यका प्रान्तीय स्वास्थ्यमन्त्री रेहमत बालोकले ठुलो सङ्ख्यामा नागरिकको मृत्यु भएको समाचारलाई पुष्टि गर्दै भने, घटनामा ९३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

pak2

घटनापछि घाइते सबैलाई प्रभावकारी उपचार सेवा पु¥याउन भनी उक्त क्षेत्रका सम्पूर्ण अस्पतालमा सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।सुरक्षाकर्मीकोसमूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पडकाइएका हुनसक्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन् । उनले पाकिस्तानबाट आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक मनाउने घोषणा गरेको छ । घटनाको यो समाचार तयार पार्ने समयसम्म कसैले जिम्मेवारी लिएको छैन । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *