तनहुँमा नेपाल स्वंयसेवी रक्तदाता समाज गठन

तनहुँ, २३ साउन – नेपाल स्वयंसेवी रक्तदाता समाज, तनहुँ शाखाको गठन भएको छ । रक्तदाता समुहको शनिवार घाँसिकुवामा भएको भेलाले समुन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यीय नेपाल स्वंयसेवी रक्तदाता समाज तनहुँको गठन गरेको हो ।

tanahu

समाजको उपाध्यक्षमा बिनोद अधिकारी, सचिवमा उपेन्द्र खनाल र कोषाध्यक्षमा बन्दना पुलामी मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा मनोज रानाभाट, प्रेम बहादुर क्षेत्री, टिकाराम पनेरु, डिक्सन मल्ल, देव रसाइली, रमेश बि.क र शान्ता प्रभा सोती रहेका छन् । त्यसैगरी मनोनित सदस्यमा जशोदा थापा श्रेष्ठ रहेकी छिन् ।

रगतको समस्या भोगिरहेका विरामीहरुलाई सहज ढंगवाट रगत उपलब्ध गराउन जिल्ला–जिल्लामा समाजको शाखा विस्तार कार्य अघि बढाइएको नेपाल स्वंयसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए । नेपाल स्वंयसेवी रक्तदाता समाजको तनहुँ २३ औ शाखा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *