पाकिस्तानमा एक हिन्दु चिकित्सकको हत्या

कराँची (पाकिस्तान), २३ साउन – पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।

hindu doctor

सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ ।

डा. प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इन्टस्थित निवासमा हिँडिरहेका बेला छातीमा गोली हानिएको थियो ।

गोली लागि घाइते भएका चिकित्सक लखवानीलाई तत्कालै अब्वासी सहिद अस्पताल पु¥याइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि अगाखान युनिभर्सिटी अस्पताल पु¥याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । रासस/पिटिआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *