सरकारी अस्पतालमा बिरामीको चाप बृद्धि

चितवन, २२ साउन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए ।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
सम्पर्क इमेल : [email protected]
-
वीरमा प्रथम सेवा विन्दु बनाएका दुई हजार बढी वीमित परिवार हटाइयो
-
प्रधानमन्त्री ओलीले गरे भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
-
सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
-
स्वास्थ्य मन्त्री पौडेलद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन
-
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान
-
-
आठ वटा कडा रोग लागेका बीमितले अब दुई लाख रुपैयाँसम्मको उपचार सहुलियत पाउने
-
‘पेण्डिङ’ माग दावीको ‘रिभ्यु’का लागि छनौट भएका मेडिकल अधिकृतहरु नियुक्ती पत्र लिने बेलामा हच्किए
-
चिकित्सक संघका अध्यक्ष डा. कार्की भन्छन्, ‘अस्पताल केन्द्रीत आन्दोलन भोली पनि निरन्तर’
-
तीन जना मन्त्री सम्मिलित बार्तामा तीन बुँदे सहमति, नेपाल चिकित्सक संघ नेतृत्वको आन्दोलन स्थगन
-
नागरिकलाई सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून सम्झाउँदै पाल्पाका जिल्ला प्रशासन र पालिका
-