सरकारी अस्पतालमा बिरामीको चाप बृद्धि

चितवन, २२ साउन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए ।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
सम्पर्क इमेल : [email protected]
-
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव
-
‘निजीमा काम गर्ने नर्सहरुले सरकारी सरहको सुविधा पाउनु पर्छ’
-
सरकारी सरह नर्सहरुलाई तलव खुवाउन सकिदैन : निजी मेडिकल कलेज सञ्चालक
-
डेंगी संक्रमितको संख्या ६ हजार नाघ्यो, ५ जनाको मृत्यु
-
सरकारले तोकेको पारिश्रमिकको माग गर्दै मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका नर्सहरु आन्दोलनमा
-
-
किन सुन्दर बन्न चाहन्छन् महिलाहरु ?
-
त्रिवि शिक्षण अस्पतालले आफ्ना चिकित्सकलाई भन्यो, ‘औषधीको प्रेस्काइब जेनरिक नेममा गर्नु’
-
एमआरआई खरीदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जना बिरुद्ध मुद्धा दायर
-
बरिष्ठ न्युरोलोजिष्ट डा. अभिनाशलाई अन्तर्राष्ट्रिय स्तरको ‘पब्लिक सर्भिस अवार्ड’
-
घिउ खान डराउनु पर्दैन
-