सर्पदंशका बिरामी बढ्दै

राजविराज, २१ साउन – केही दिनयता गर्मीसँगै लगातार परेको वर्षाका कारण सप्तरीमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

राजविराजस्थित गजेन्द्रनाराययण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक पाँचदेखि छजना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्लाका विभिन्न भागमा केही दिनयता वर्षासँगै बढेको गर्मीका कारण सर्पदंशका बिरामी बढेको अस्पतालका दर्ता शाखाका कर्मचारी तारानन्द झाले बताए ।

यसैबीच अञ्चल अस्पतालमा सर्पदंशमा प्रयोग गरिने ‘एन्टी भेनम’ नामक औषधि अवश्यकताअनुसार मौज्दात रहेको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *