के कारणले आउँछ डन्डिफोर ? समाधानको उपाय के ?

dandifor

–हर्मोनमा परिवर्तन तथा खराबी ।
–अनियमित महिनावारी ।
–खराब खानपान ।
–तनाव र अनिद्रा ।
–उत्तेजना, क्रोध र भय ।
–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
–लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो
– अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् । सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।

–डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठीक हुन्छ ।

–निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।

–राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *