झलनाथ खनाल प्रतिष्ठानलाई करोडको दरले सरकारी अनुदान !

काठमाडौँ, २० साउन – सर्पदंशको औषधि अनुसन्धानका लागि भन्दै गतवर्ष स्वास्थ्य मन्त्रालयबाट एक करोड लगेको झलनाथ खलान  स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसपटक थप दुई करोड पाएको छ ।

पहूचका भरमा रकम लैजाने परिपाटिलाई विस्तापित गर्न भन्दै मन्त्रालयले गतवर्ष सामुदायिक अस्पताल अनुदान निर्देशिका ल्याएको थियो । सो निर्देशिकाले यस्ता गैरसरकारी संस्थालाई अनुदान दिन रोक लगाएको थियो । तर पूर्वप्रधानमन्त्री समेत रहेका खनालको नामबाट खोलिएको संस्थाले यसपटक राष्टिय बजेटमै आफ्नो नाम लेखाउन सफल भएको छ ।

गैरसरकारी संस्थाको रुपमा दर्ता भएकै बर्ष योजना आयोग र अर्थमन्त्रालयको ठाडो निर्देशनमा एक करोड रकम लगेको थियो । सरकारले दिने पुजीगत अनुदान भौतिक सामग्री खरीद तथा निर्माणमा मात्रै प्रयोग गर्नुपर्ने भएपनि यो संस्थाले सोही रकमबाट तलवभत्ता खुवाएको स्रोतको दावि छ । त्यसो त प्रतिष्ठानले गतवर्ष लगेको रकमको विवरण समेत पेश गरेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *