एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

खोटाङ, २० साउन –  वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ । कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सास्ती भएको हो ।ambulance2

लामो समयदेखि एम्बुलेन्स नचलेपछि बिरामीका आफन्तले डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरेका छन् । वर्षाको समयमा बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल ल्याउन समस्या हुने गरेको आफन्तले बताएका छन् ।

एम्बुलेन्स नचलेपछि मान्छेलाई बोकाएर अस्पताल पु¥याउँदा खर्चसमेत बढी हुने खार्मी–५ का युवानेता हर्कराज राईले बताए । “मान्छेलाई बिरामी बोकाएर लैजाँदा समयमा अस्पताल पनि पुगिन्न”, उनले भने, “समयमा अस्पताल पु¥याउन नपाएपछि कतिपय बिरामीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।”

सदरमुकाम दिक्तेलमा समेत नचल्ने एम्बुलेन्स अहिले अस्पताल परिसरमा थन्किएको छ । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारत सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो ।

जिल्लाका सबै गाविसमा सडक सञ्जाल जोडिएको खोटाङ जिल्लामा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । केही सडक कालोपत्रका लागि प्रक्रियामा रहेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको हो ।

कच्ची सडकका कारण अहिले जिल्लामा एम्बुलेन्ससँगै कुनै पनि सवारीसाधन चल्न सकेको छैन । सवारीसाधन नचलेपछि जिल्लाका सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *