मिर्गौलाका बिरामीलाई १ लाख ३० हजार सहयोग

चितवन २० साउन – चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोर्टस ग्रुप साउदी अरबले आर्थिक सङ्कलन गरेर सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष दीपक रेग्मीले पठाएको रकम उहाँकी पत्नी रेखा रेग्मीले सहयोग उपलब्ध गराएकी हुन् । उनले  यो सहयोगले उनको उपचारमा थप टेवा पुग्ने बताइन । दुवै मिर्गौला फेल भएकी उनको अहिलेसम्म नागरिकता नबनेकाले सहयोग सङ्कलनमा समस्या भइरहेको छ ।

नागरिकता नबनेको थाहा पाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नागरिकता बनाउन आफूले सहयोग गर्ने बताए । उनले छिटोभन्दा छिटो वडाबाट सिफारिस ल्याउनसमेत आग्रह गरे । ।

दुवै मिर्गौला खराब रहेकी लामाको गएको पुसदेखि डायलाइसिस भइरहेको छ । उहाँको परिवार आर्थिकरुपले कमजोर छ । शान्ति समिति चितवनका संयोजक बद्री तिमिल्सिनाले उनलाई सहयोग गर्न अपिल समेत गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *