एचआइभी सङ्क्रमितलाई जीवन धान्न कठिन

पोखरा, १९ साउन – आम्दानीको स्रोत नभएपछि कास्कीको पुरुन्चौर गाविसमा बस्दै आएका एचआइभी सङ्क्रमितलाई जीवन धान्न निकै कठिनाइ परेको छ ।

एचआइभी सङ्क्रमित भएपछि समाजले हेर्ने हेय दृष्टिकोण र दुव्र्यवहारले सो ठाउँमा आँकुरा केयर भिलेज संस्था खोलेर चारजना सङ्क्रमित र एकजना अपाङ्ग बस्दै आएका छन् । दैनिक छाक टार्न केही आम्दानी होला कि भनेर पाल्दै आएका बाख्रा पनि रोग लागेर मर्न थालेपछि उनीहरुमा अबको बाँकी जीवन पनि खानै नपाएर मरिने हो कि जस्तो लागेको छ ।

विवाह गरेको पाँच वर्ष बित्न नपाउँदै आफ्ना श्रीमान एड्स रोगबाट मृत्यु भएपछि आफू र छोराछोरी पनि एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि लक्ष्मी अधिकारी छाँगाबाट खसेजस्तो भइन् । उनका श्रीमान राजु अधिकारी ११ वर्षको उमेरदेखि नै रोजगारीका लागि भारत जाने गर्दथे । नोकरीको सिलसिलामा घर आउने जाने गर्दथे । उनको २०५९ सालमा २८ वर्षकै उमेरमा एड्स रोगबाट मृत्यु भएपछि लक्ष्मीका सपना चकनाचुर भए ।

आफना श्रीमानको अल्पायुमै मृत्यु, आफू र आफ्ना दुई छोराछोरी एचआइभी सङ्क्रमित हुनुको चोट खेपिरहेको अवस्थामा गाउँलेले पनि सहयोग गर्नुको सट्टा अनेक आरोप लगाएर गाउँमै बस्न दिएनन् । गाउँलेले तीनचोटिसम्म अनेकौँ दबाब दिएर गाउँबाट निकालेको उनले दुखेसो पोखिन् । बुढेसकालमा सहारा दिने एक मात्र छोराको मृत्यु भएपछि लक्ष्मीकी सासू खिउकुमारी अधिकारी, लक्ष्मी र दुई छोराछोरीसहित पोखरामा झर्नुभयो । आम्दानीको स्थायी स्रोत नभएपछि उनी धेरै समय पोखरामा टिक्न सकिनन् ।

आफ्ना बाबु चतुराखर बाँस्तोलाले पुरुन्चौरमै किनेर राखेको १० रोपनी जमिनमा आठ वर्षअघि आँकुर केयर भिलेज संस्था दर्ता गरी बस्न थालिन् । एड्स रोग लागेर बाआमाको मृत्यु भएपछि बिचल्ली र अपहेलित भएका तीनजना बालबालिकालाई पनि उनले संरक्षण दिएर राखेकी छन् । पोखराका निजीस्तरका विद्यालयले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि तिनीहरुलाई विद्यालयमा पढ्न नदिई निष्कासन गरेपछि लक्ष्मीले आपूmसँगै राखेर अहिले खान, बस्न र पढ्ने सुविधा दिएर राखेकी छिन् ।

कास्कीका १५ र ९ वर्षका दुई बालक र लमजुङकी एक १४ वर्षीया बालिका उनको साथमा छन् । औषधिको असरले एक बालकलाई भने पक्षाघात भएको छ । आपूmहरुले पालेका बाख्राहरु बेचेर महिनामा औसत पाँच/छ हजार आउने तर अहिलेको महँगीले पाँचजनाको परिवारको जीवन धान्न धौधौ भएको लक्ष्मीको गुनासो छ ।

अन्य घरपरिवारले एचआइभी रोग लागेपछि छीछी र दुरदुर गर्ने गरेपनि सासू खिउकुमारीले भने कहिल्यै पनि लक्ष्मीलाई हेला गर्नु भएन । दुःखका बेलामा पनि सासूको सहयोग पाएको र उहाँकै प्रेरणावाट आपूm अहिलेसम्म ठाडो शिर गरेर हिँड्न सकेको लक्ष्मी बताउँछिन् । उनीसँगै रहेका अपाङ्ग आफनै दाजु चेतप्रसाद बाँस्तोलाले पालेका बाख्राको स्याहारसम्भार गर्ने गर्दछन् । उनकी सासू र छोराछोरी भने पोखरामै बस्दै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *