पेट ढुस्स भयो ? यसो गर्नुहोस्

- नेपाली हेल्थ

pet

कहिले खाना खानासाथ पेट ढुस्स फुलेर आउँछ । फुलेपछि पेट दुख्नुका साथै असजिलो महसुस गराएर मानसिक तनाव नै हुन्छ । जाडोमा भन्दा पनि गर्मी समयमा बढी मसलेदार खानाले पेटलाई फुलाइदिने गर्दछ । कहिलेकाहीँ फुडपोइजनका कारण पनि यस्तो समस्या आउन सक्छ । यदि त्यस्तो भएमा तत्काल यी पाँचमध्ये कुनै एक उपाय अपनाउनुहोस्, सहज हुन सक्छ ।

–  अदुवा सेवनले पेट ढुस्स हुने समस्यालाई कम गर्छ । अदुवालाई काटेर टुक्रा बनाउने र पानीमा पकाउने । पकाएको पानीलाई पिउने र बचेको टुक्रालाई चुस्ने । यसले केही समयमा नै हल्का भएको महसुस गराउँछ ।

–  गर्मी समयमा पुदिनाजति राम्रो केही हुँदैन । जब पेट फुल्छ, पुदिनाको रस खाने या चियामा यसलाई मिसाएर खाँदा पनि हुन्छ ।

–  प्रायजसो मानिस खाना या केही सेवनपछि सुप खाने गर्दछन् । त्यो अत्यन्तै राम्रो हो । खानापछि सुप लिँदा यसले पाचनमा मद्दत गर्छ । यसले पेटको खराबी हटाउनुका साथै मुखको दुर्गन्ध पनि हटाउँछ ।

–   पेट ढुस्स भएको अवस्थामा कागती र पुदिनाको रस पिउनु राम्रो हुन्छ । यदि पुदिना छैन भने सादा पानीमा कागती निचोरेर पिउँदा पनि राम्रो गर्छ ।

–  पेट फुलेको छ भने धनियाँको पात वा झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । यसले पाचनलाई ठीक तरिकाले सञ्चालन गराउँछ र पेट फुल्न दिँदैन ।


Facebook Comment


थप समाचार