बर्षातको अवधीभर स्वास्थ्यकर्मीले विदा नपाउने

mohp1 copy

काठमाडौँ, १५ साउन – बर्षातको अवधीभर देशभरका स्वास्थ्यकर्मीले विदा तथा काज नपाउने भएका छन् । बाढी प्रभावित क्षेत्रमा आकस्मिक रुपमा काममा खटिनपर्न सक्ने भन्दै मन्त्रालयले कसैलाई पनि विदा तथा काज स्वीकृत नगर्न मातहतका सबै कार्यालय प्रमुखलाई निर्देशन दिएपछि विदा तथा काज नपाउने भएका हुन् ।

पछिल्लो समय देशका विभिन्न भागमा बाढी, पहिरो, डुवानमा परि थुप्रै परिबार घरबारविहीन भएको कतिपय घाइते भएको र कतिपयको मृत्यु समेत भएको भन्दै यस्तो अवस्थामा स्वास्थ्यकर्मीको दायित्व बढेको भन्दै विदा नदिन निर्देशन दिएको हो ।

मन्त्रालयले शनिबार जारी गरेको सूचनामा बाढी प्रभावित क्षेत्रमा रोग फैलनसक्ने तथा कतिपय अवस्थामा घाइतेको उपचार गर्नपर्न सक्ने भन्दै चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई विदा नदिन कार्यालय प्रमुखलाई निर्देशन दिएको हो ।

मन्त्रालयले प्रभावित क्षेत्रको विपद् प्रतिकार्यलाई प्रभावकारी बनाई आकस्मिक उपचार सेवा, घुम्ति शिविर सञ्चालन, निरोधात्मक एवं प्रबद्र्धनात्मक स्वास्थ्य शिक्षा लगायतका क्रियाकलाप सञ्चालन गर्नका लागि पनि कसैलाई विदा तथा काज नदिन निर्देशन दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *